फागुनमा पनि हिमपात हुँदा मानव विहीन हुँदै मनाङका गाउँ « Khabarhub

फागुनमा पनि हिमपात हुँदा मानव विहीन हुँदै मनाङका गाउँ


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– मंसिरमा जाडो छल्न जिल्ला बाहिरेका मनाङवासी गाउँ फर्कने समय भएपनि स्थानीय गाउँले यो वर्ष अहिलेसम्म जिल्ला फर्कनसकेका छैनन् ।

वर्षमा एक सिजन मात्र खेतीपाती हुने यस ठाउँमा खेतीपातीको सिजन शुरु भए पनि हाल सम्मको हिमपातले गर्दा जिल्ला फर्कन सकेका छैनन् । हिमपातले कसैलाई छोडेन । सर्वसाधारण, केटाकेटी, कर्मचारी, किसान पशुचौपया खेतीपाती सबै प्रभावित भएको चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजङ्ग गुरुङले बताए ।

उनका अनुसार खेतीपाती थन्काएर जाडो छल्न जिल्ला बाहिर रहेका मानिस जिल्ला भित्रिएर आफ्नो व्यवसाय र खेतीपाती धमाधम शुरु हुने बेलामा गाउँघर सुनसान भएको छ । कोहीले पहिले नै जिल्ला छाडे, कोही हिमपात पर्न थालेपछि जिल्ला बाहिरेका उनले बताए ।

माघ १५ भित्र जिल्ला आउने मनाङवासी यस पटक भने फागुनको दोस्रो सातासम्म जिल्ला भित्रनसकेका छैनन् । अब त सिजन शुरु भयो भनी आवश्यक सामान लिएर आएका मनाङ्गे भारी हिमपातका कारण लमजुङ बेँशीसहरमा नै अड्किएका छन् ।

‘गाउँ जाने भनेर हिँडेको तीन पटक भयो अझै गाउँ फर्कन सकिएको छैन,’ पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले भने । उनका अनुसार पर्यटकको सिजन शुरुसँगै विदेशी तथा आन्तरिक पर्यटकले खचाखच हुने बेलामा हिमपातले सखाप बनाएको छ । “गाउँभरी मानिस खेतीपाती र आफ्नो व्यवसायमा व्यस्त हुने अवस्थामा गाउँघर नै सुनसान भएको छ ” उनले भने ।

अहिले मनाङका चार गाउँपालिकामध्ये मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिका सुनसान भएको छ । महीनौं दिनसम्मको निरन्तर परेको हिमपातले अलिअलि भएका मानिस पनि जिल्ला बाहिरेका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।

उनका अनुसार जिल्लामा भएका कर्मचारी पनि हिउँ पर्नथालेपछि बिदा लिएर झर्न थालेका छन् । कहिले हिमपात रोकिएला र सहज होला भनेर बस्नु परेको छ ।

उता नार्पा भूमि गाउँपाकिाका कर्मचारी गाउँपालिकामा बस्न नसकेर सदरमुकाम चामेबाट नै गाउँपालिकाको कामकाज गरिरहेका छन् भने मनाङ ङिस्याङ गाउँपालिका कर्मचारी विहीन नै भएको गाउँपालिकाका लेखापाल कृष्णराज तिमल्सिनाले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १२ : ५० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया