फागुनमा पनि हिमपात हुँदा मानव विहीन हुँदै मनाङका गाउँ « Khabarhub

फागुनमा पनि हिमपात हुँदा मानव विहीन हुँदै मनाङका गाउँ


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– मंसिरमा जाडो छल्न जिल्ला बाहिरेका मनाङवासी गाउँ फर्कने समय भएपनि स्थानीय गाउँले यो वर्ष अहिलेसम्म जिल्ला फर्कनसकेका छैनन् ।

वर्षमा एक सिजन मात्र खेतीपाती हुने यस ठाउँमा खेतीपातीको सिजन शुरु भए पनि हाल सम्मको हिमपातले गर्दा जिल्ला फर्कन सकेका छैनन् । हिमपातले कसैलाई छोडेन । सर्वसाधारण, केटाकेटी, कर्मचारी, किसान पशुचौपया खेतीपाती सबै प्रभावित भएको चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजङ्ग गुरुङले बताए ।

उनका अनुसार खेतीपाती थन्काएर जाडो छल्न जिल्ला बाहिर रहेका मानिस जिल्ला भित्रिएर आफ्नो व्यवसाय र खेतीपाती धमाधम शुरु हुने बेलामा गाउँघर सुनसान भएको छ । कोहीले पहिले नै जिल्ला छाडे, कोही हिमपात पर्न थालेपछि जिल्ला बाहिरेका उनले बताए ।

माघ १५ भित्र जिल्ला आउने मनाङवासी यस पटक भने फागुनको दोस्रो सातासम्म जिल्ला भित्रनसकेका छैनन् । अब त सिजन शुरु भयो भनी आवश्यक सामान लिएर आएका मनाङ्गे भारी हिमपातका कारण लमजुङ बेँशीसहरमा नै अड्किएका छन् ।

‘गाउँ जाने भनेर हिँडेको तीन पटक भयो अझै गाउँ फर्कन सकिएको छैन,’ पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले भने । उनका अनुसार पर्यटकको सिजन शुरुसँगै विदेशी तथा आन्तरिक पर्यटकले खचाखच हुने बेलामा हिमपातले सखाप बनाएको छ । “गाउँभरी मानिस खेतीपाती र आफ्नो व्यवसायमा व्यस्त हुने अवस्थामा गाउँघर नै सुनसान भएको छ ” उनले भने ।

अहिले मनाङका चार गाउँपालिकामध्ये मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिका सुनसान भएको छ । महीनौं दिनसम्मको निरन्तर परेको हिमपातले अलिअलि भएका मानिस पनि जिल्ला बाहिरेका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।

उनका अनुसार जिल्लामा भएका कर्मचारी पनि हिउँ पर्नथालेपछि बिदा लिएर झर्न थालेका छन् । कहिले हिमपात रोकिएला र सहज होला भनेर बस्नु परेको छ ।

उता नार्पा भूमि गाउँपाकिाका कर्मचारी गाउँपालिकामा बस्न नसकेर सदरमुकाम चामेबाट नै गाउँपालिकाको कामकाज गरिरहेका छन् भने मनाङ ङिस्याङ गाउँपालिका कर्मचारी विहीन नै भएको गाउँपालिकाका लेखापाल कृष्णराज तिमल्सिनाले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १२ : ५० बजे

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा