भएको एउटा एक्सरे मेशिन पनि बिग्रियो, विमानस्थलमा बढ्यो सुरक्षा चुनौती « Khabarhub

भएको एउटा एक्सरे मेशिन पनि बिग्रियो, विमानस्थलमा बढ्यो सुरक्षा चुनौती


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज विमानस्थलमा एक्सरे मेशिन बिग्रिएको कारणले सुरक्षाकर्मी हैरान छन् । केही दिनअघि पनि विमानस्थलको ठूलो एक्सरे मेशिन बिग्रिँदा करीब दुई सातासम्म जाँचको काम प्रभावित भएको थियो ।

नेपालगञ्ज विमानस्थलको सुरक्षा जाँच गर्न करोडौँ मूल्यका दुई एक्सरे मेसिन छन् । ती यन्त्र नियमित रुपमा कहिल्यै प्रयोगमा आउँदैनन् । एकपछि अर्को एक्सरे मेशिन बिग्रिँदा सुरक्षा जाँच प्रभावित भएपछि चुनौती बढेको छ ।

नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले विभिन्न घटनाक्रम र सुरक्षा दृष्टिकोणले विमानस्थल जोखिममा रहेको बताए । “नेपालगञ्ज विमानस्थलमा भिआइपीको बढी आवतजावत हुन्छ, सुरक्षा जाँचमा प्रयोग गरिने मेशिन पटक पटक बिग्रिन्छ, विमानस्थलको सुरक्षाका लागि लगाइएको तारबार नहुँदा जोखिम छ । अस्थायी तारबार हुँदा चरनका लागि जीवजन्तु र घाँस काट्न मानिस प्रवेश गर्ने गरेका छन्”, उनले भने ।

बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विमानस्थल सुरक्षाका लागि छुट्टै समिति भएकाले सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको बताए । विमानस्थल प्रमुखको संयोजकत्वमा रहेको सुरक्षा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय प्रतिनिधिलगायतका प्रतिनिधि सदस्य छन् ।

उक्त समितिले समय समयमा बैठक बसेर विमानस्थल सुरक्षा विषयमा पुनरवलोकन गर्छ । विमानस्थलजस्तो संवेदनशील ठाउँको सुरक्षा नेतृत्व प्रहरी नायब निरीक्षकलाई दिइएको भुजेलले बताए ।

प्रहरी नायब निरीक्षकको नेतृत्वमा ३६ जना प्रहरी विमानस्थलमा कार्यरत छन् । प्रहरीले तीन घेरामा सुरक्षा दिइरहेका छन् । विमानस्थल वरिपरिको क्षेत्रलाई निगरानीमै राखिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

पश्चिम नेपालको सबैभन्दा बढी व्यस्त उक्त विमानस्थलबाट काठमाडौँका लागि दैनिक ९ वटासम्म उडान हुन्छन् । साथै पहाडी तथा हिमाली जिल्लामा पनि यहाँबाट दैनिक दर्जनौँ उडान हुन्छन् । यात्रुको चाप बढ्दै जाँदा जहाज कम्पनीले उडान सङ्ख्या पनि थप्दै गएका छन् ।

यहाँ दिनहुँजसो ठूलाबडा व्यक्तिको आवाजतजावत हुने गरेको तर सो यन्त्र बिग्रिँदा सुरक्षामा खतरामा हुने सम्भावना भएको स्थानीयवासी प्रमोद गुप्ताले बताए ।

विमानस्थलको शान्ति, सुरक्षामा सरकारले खासै ध्यान नदिएको आरोप उनले लगाए । आन्तरिक सुरक्षा व्यवस्था लथालिङ्ग भइरहेका बेला विमानस्थलको सीमाक्षेत्रमा स्थायी तारबार नहुँदा अर्को जोखिम बढेको उनले बताए ।

विमानस्थलका विभिन्न स्थानमा लगाइएका तारजाली जीर्ण भइसकेको छ । ती स्थानबाट पशुचौपाया, वन्यजन्तु तथा मानिससमेत ओहोरदोहर गर्छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको दक्षिणी क्षेत्र सुरक्षाका लागि जति कडाइ गरेको छ त्यसबाहेक अन्य क्षेत्रको सुरक्षामा चासो नदेखाएको स्थानीयवासी बताउँछन् ।

विमानस्थलको पश्चिम, उत्तर र पूर्व क्षेत्रलाई सामान्य रुपले तारबार गरे पनि सुरक्षा सतर्कता बढाएको नदेखिएको अर्का एक स्थानीयवासीले बताउँछन् । विमानस्थलको उत्तरी भाग मानवबस्तीसँग जोडिएको छ । सुरक्षा निगरानीका लागि विमानस्थल क्षेत्रमा १६ सिसी क्यामरा जडान गरिएको देखिन्छ ।

– मेनका चौधरी / रासस

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  २ : ४३ बजे

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले

अन्तरिम अवस्थामा राहदानी सेवा अवरुद्ध हुनसक्ने : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर