भएको एउटा एक्सरे मेशिन पनि बिग्रियो, विमानस्थलमा बढ्यो सुरक्षा चुनौती | Khabarhub Khabarhub

भएको एउटा एक्सरे मेशिन पनि बिग्रियो, विमानस्थलमा बढ्यो सुरक्षा चुनौती


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज विमानस्थलमा एक्सरे मेशिन बिग्रिएको कारणले सुरक्षाकर्मी हैरान छन् । केही दिनअघि पनि विमानस्थलको ठूलो एक्सरे मेशिन बिग्रिँदा करीब दुई सातासम्म जाँचको काम प्रभावित भएको थियो ।

नेपालगञ्ज विमानस्थलको सुरक्षा जाँच गर्न करोडौँ मूल्यका दुई एक्सरे मेसिन छन् । ती यन्त्र नियमित रुपमा कहिल्यै प्रयोगमा आउँदैनन् । एकपछि अर्को एक्सरे मेशिन बिग्रिँदा सुरक्षा जाँच प्रभावित भएपछि चुनौती बढेको छ ।

नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले विभिन्न घटनाक्रम र सुरक्षा दृष्टिकोणले विमानस्थल जोखिममा रहेको बताए । “नेपालगञ्ज विमानस्थलमा भिआइपीको बढी आवतजावत हुन्छ, सुरक्षा जाँचमा प्रयोग गरिने मेशिन पटक पटक बिग्रिन्छ, विमानस्थलको सुरक्षाका लागि लगाइएको तारबार नहुँदा जोखिम छ । अस्थायी तारबार हुँदा चरनका लागि जीवजन्तु र घाँस काट्न मानिस प्रवेश गर्ने गरेका छन्”, उनले भने ।

बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विमानस्थल सुरक्षाका लागि छुट्टै समिति भएकाले सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको बताए । विमानस्थल प्रमुखको संयोजकत्वमा रहेको सुरक्षा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय प्रतिनिधिलगायतका प्रतिनिधि सदस्य छन् ।

उक्त समितिले समय समयमा बैठक बसेर विमानस्थल सुरक्षा विषयमा पुनरवलोकन गर्छ । विमानस्थलजस्तो संवेदनशील ठाउँको सुरक्षा नेतृत्व प्रहरी नायब निरीक्षकलाई दिइएको भुजेलले बताए ।

प्रहरी नायब निरीक्षकको नेतृत्वमा ३६ जना प्रहरी विमानस्थलमा कार्यरत छन् । प्रहरीले तीन घेरामा सुरक्षा दिइरहेका छन् । विमानस्थल वरिपरिको क्षेत्रलाई निगरानीमै राखिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

पश्चिम नेपालको सबैभन्दा बढी व्यस्त उक्त विमानस्थलबाट काठमाडौँका लागि दैनिक ९ वटासम्म उडान हुन्छन् । साथै पहाडी तथा हिमाली जिल्लामा पनि यहाँबाट दैनिक दर्जनौँ उडान हुन्छन् । यात्रुको चाप बढ्दै जाँदा जहाज कम्पनीले उडान सङ्ख्या पनि थप्दै गएका छन् ।

यहाँ दिनहुँजसो ठूलाबडा व्यक्तिको आवाजतजावत हुने गरेको तर सो यन्त्र बिग्रिँदा सुरक्षामा खतरामा हुने सम्भावना भएको स्थानीयवासी प्रमोद गुप्ताले बताए ।

विमानस्थलको शान्ति, सुरक्षामा सरकारले खासै ध्यान नदिएको आरोप उनले लगाए । आन्तरिक सुरक्षा व्यवस्था लथालिङ्ग भइरहेका बेला विमानस्थलको सीमाक्षेत्रमा स्थायी तारबार नहुँदा अर्को जोखिम बढेको उनले बताए ।

विमानस्थलका विभिन्न स्थानमा लगाइएका तारजाली जीर्ण भइसकेको छ । ती स्थानबाट पशुचौपाया, वन्यजन्तु तथा मानिससमेत ओहोरदोहर गर्छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको दक्षिणी क्षेत्र सुरक्षाका लागि जति कडाइ गरेको छ त्यसबाहेक अन्य क्षेत्रको सुरक्षामा चासो नदेखाएको स्थानीयवासी बताउँछन् ।

विमानस्थलको पश्चिम, उत्तर र पूर्व क्षेत्रलाई सामान्य रुपले तारबार गरे पनि सुरक्षा सतर्कता बढाएको नदेखिएको अर्का एक स्थानीयवासीले बताउँछन् । विमानस्थलको उत्तरी भाग मानवबस्तीसँग जोडिएको छ । सुरक्षा निगरानीका लागि विमानस्थल क्षेत्रमा १६ सिसी क्यामरा जडान गरिएको देखिन्छ ।

– मेनका चौधरी / रासस

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  २ : ४३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द