रवीन्द्रकी पत्नी विद्याको पीडा– जीवनसाथीलाई अन्तिम श्रद्धाञ्जली « Khabarhub

रवीन्द्रकी पत्नी विद्याको पीडा– जीवनसाथीलाई अन्तिम श्रद्धाञ्जली


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई पत्नी विद्या भट्टराई अन्तिम श्रद्धाञ्जली अर्पण गरेकी छिन् । दिवंगत मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि दिन शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा राखिएको थियो ।

अन्तिम श्रद्धान्जलीका लागि दिवंगत मन्त्री अधिकारीकी आमा, बुवासहित धर्मपत्नी विद्या भट्टराई पुगेका थिए । पतिको शवमा फूलमाला अर्पण गर्दा अधिकारी पत्नी विद्या भावविह्वल बनेकी थिइन् ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित अन्य सात जनाको निधन भएको थियो ।

शुक्रवार(आज) विहान काठमाडौंको टुँडिखेलमा श्रद्धान्जली अर्पण गरिएपछि मन्त्री अधिकारीको पार्थिव शरीरलाई पोखरा लगिएको थियो ।

पोखराको प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धान्जलीका लागि मन्त्री अधिकारीको शव राखिएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवंगत मन्त्री अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएका थिए भने नेकपाका नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए ।

शवयात्रा पछि मन्त्री अधिकारीको आजै राजकीय सम्मानसहित अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ३ : २५ बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित