कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, उम्मेदवारको नाम टुङ्गो लगाउने | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, उम्मेदवारको नाम टुङ्गो लगाउने


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुने बताइएको छ ।

पार्टीको संसदीय समिति गठन नभएकाले केन्द्रीय समिति बैठकले उम्मेदवार टुङ्गो लगाउने सम्बन्धमा पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने बताइएको छ । यसपछि कात्तिक १७ गते बस्ने केन्द्रीय समितिको बैठकले पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने पार्टी कार्यालयले जनाएको छ ।

यसैगरी विहीवार(हिजो) पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल भएको थियो । पदाधिकारी बैठकमा उपनिर्वाचन हुने सम्बन्धित प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशमा पार्टीको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको मुख्य सचिव पौडेलले बताए ।

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको पार्टी कार्यालयले जनाएको छ । सैँतीस जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ६ : ५३ बजे

मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह

मोरङ– आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि युवा

मधेसको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी : महन्थ ठाकुर

महेन्द्रनगर– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस

एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक बुधबार

हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, इजरायली सेनाको दाबी : बन्धक अवस्थामै हत्या गरिएको हुन सक्छ

तेलअभिभ- हमासले सोमबार हस्तान्तरण गरेका मृतक चार बन्दीको शवमध्ये एउटा

गौरव ऐरलाई आक्रमण गरेको अभियोगमा ११ जना पक्राउ

सुदूरपश्चिम–  कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम् होटेलमा दुई दिनअघि ३२