तस्वीरमा हेर्नुहोस्, काठमाडौंमा छठको तयारी | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस्, काठमाडौंमा छठको तयारी


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार सकिएसँगै राजधानी काठमाडौं लगायत तराईका विभिन्न जिल्लामा छठ सुरु भएको छ ।

काठमाडौंको गौरीघाट, कमलपोखरी नागपोखरी लगायतका स्थानमा छठ मनाउनका लागि सरसफाइ तथा पोखरीको सौन्दर्यीकरण तीव्र बनाइएको छ ।

मानिसहरु छठपूजाका लागि नाम लेखाउन र टिकट लिन समितिमा पुगेका छन् ।

बिहीवार जनकपुरका नारायण सिंह हातमा टिकट लिएर गुह्येश्वरी छठ पूजा विकास समिति परिसरमा उभिइरहेका थिए । विगतका वर्षहरुमा जनकपुरमै छठ मनाउने गरेको भएपनि कारणबस यो वर्ष उनी जनकपुर जान नपाएको र गुह्येश्वरीमा छठपूजा गर्ने तयारीमा रहेको बताए ।

‘यो पर्वमा चाखो र शुद्धतामा अत्यन्तै ध्यान दिइन्छ साथै यो पर्व विधि विधानले गरिए सम्पूर्ण कष्ट हटेर जाने भन्ने जनविश्वास पनि छ’ छठ पूजाका बारेमा बताउँदै सिंहले भने ‘यो मात्र एउटा यस्तो चाड हो, जसमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको आराधना गरिन्छ’ ।

छठको प्रसादमा उखु, केराउ, मिठाइ, नरिवल र अदुवा राखिन्छ । ‘विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट बनाइएको ठेकुवा र चामलबाट बनाइएको कसारको विशेष प्रसाद बनाइन्छ’ उनले भने ‘यो पर्वमा थरिथरिका मानिसहरुले भाकल समेत राख्छन्, यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने एकखालको विश्वास पनि छ’ ।

विधिवत् रुपमा छठ बुधवार देखि नै सुरु भइसकेको छ । पछिल्लो समय पहाड एवम् हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् । गुह्येश्वरीमा मात्र वार्षिक लाखौं व्यक्तिले कार्तिक शुक्ल षष्ठी तिथिमा छठ मनाउने गरेका छन् ।

अहिले तराइमा मात्र नभइ राजधानी काठमाडौंका विभिन्न स्थानमा पनि छठको चहलपहल सुरु भईसकेको छ । त्यस्तै गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटका तथा झिलीमिलीका लागि बत्ती जोड्ने, पाल टाग्ने, पोखरी बनाउनका लागि बाग्मती खोलामा ड्याम बनाउने, खोला सरसफाइ गर्ने र अस्थायी पुल बनाउने काम गरिरहेको छ ।

छठ पुजाको व्यवस्थापनका लागि २० दिनअघिदेखि काम भइरहेको समितिका सदस्य अनिल सिंहले खबरहबलाई जानकारी दिए ।
‘दैनिक २० जना कामदारले २० दिनअघिदेखि काम गरिरहेका छन्’ समितिका सदस्य अनिल सिंहले भने ‘ड्याम बनाउनका लागि ३ हजार २ सय बोरा बालुवा हालेका छौं’ ।

छठ पूजाका व्यवस्थापनका लागि १७ लाख खर्च हुने बताउँदै उनले भने ‘७ लाख पशुपति क्षेत्र विकास कोषले हाल्ने छ भने अरु खर्च समितिले गर्नेछ’ ।

समितिकाअनुसार सुरुवातका दिनहरुमा १० वटा घाटबाट सुरु भएको गुह्येश्वरीमा अहिले ६ सय ६५ वटा घाटहरु रहेका छन् । ‘गत वर्षमा गुह्येश्वरीमा ४ सय ५० वटा छठघाट बनाइएको थियो’ खबरहबसँगको कुराकानीमा उनले भने ‘यो वर्ष ६ सय ५० वटा छठघाट बनाएका छौं’ ।

शनिवार छठ पूजा भएकाले शुक्रवारसम्म सम्पुर्ण काम सम्पन्न भइसक्ने बताउँदैं सिंहले भने शनिवार सवा ३ बजे राष्ट्रपतिले गर्ने तयारी छ’ ।

कमलपोखरीमा २ सय ८८ वटा छठघाट

त्यस्तै कमलपोखरी छठ पूजा समाजले पूजा गर्नेको नामावली संकलन गरिरहेको छ । समाजका उपाध्यक्ष अनन्त दाहालले यस वर्ष छठघाट घटेको बताए ।

गत वर्ष २ सय ८८ वटा छठघाट थिए’ दाहालले भने ‘यस वर्ष कमलपोखरीको पुनर्निर्माणका कारण कमले मात्र पूजा गर्न पाउनेछन्’ ।

यसरी मनाइन्छ छठ

छठको पहिलो दिन आरोग्य, अहिंसा, सत्य र समृद्धिका रुपमा नुहाएर शुद्ध खानेकुरा खाने गरिन्छ ।

दोस्रो दिन व्रतालुले दिनभर उपवास बसेर राति खीर, पुरी लगायत गृह र सूर्य देवतालाई चढाई नुन नराखेको खानेकोरा खाने चलन छ ।

तेस्रो दिन व्रतालुले विभिन्न पकवानतथा फफूलसहित माटाका भाडामा राखेर साझपख नदी तलाउमा अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् ।
त्यसदिन रातभर नदी तलाउ तथा पोखरी डिलमा जाग्राम बस्ने गरिन्छ । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिदैं छठ पर्व समापन गर्ने गरिन्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ८ : १४ बजे

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत