यी हुन् उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय « Khabarhub

यी हुन् उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

विश्वमा धेरै मानिस उच्च रक्तचापका कारण पीडित छन् ।

मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चापलाई रक्तचाप भनिन्छ । १८ वर्षभन्दा माथिका मानिसमा सामान्यतया रक्तचाप माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ ।

सामान्य रक्तचाप भएको ५५ वर्षीय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ । उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ ।

उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ । यसबाट बच्न चिकित्सककोमा जानु त छँदै छ, यसबाहेक पनि केही घरेलु उपाय अपनाउन सकेमा उच्च रक्तचाप नियन्त्रण हुन सक्छ ।

१. बदाम : बदाममा पाइने मोनोस्याचुरेटेड फ्याटले रगतमा कोलेस्ट्रोलको स्तर कम गर्छ । साथै, धमनीलाई सफा गरी रक्तचाप घटाउ“छ ।

२. प्याज : प्याजमा रहेको एन्टिअक्सिडेन्ट फ्लुबेनल, क्यासिन आदिले रक्तचापलाई सन्तुलित बनाउन मद्दत गर्छ । प्याजको नियममित सेवन गरे उच्च रक्तचापमा नियन्त्रण पाउन सकिन्छ ।

३. दालचिनीः दालचिनी धेरै औषधीय गुणयुक्त हुन्छ । दालचिनिको सेवनले मधुमेहसंगै उच्च रक्तचापज जस्ता रोग पनि नियन्त्रण हुन्छ ।

४. अलैंची : एक अनुसन्धानका अनुसार उच्च रक्तचापका बिरामीले करिब तीन महिनासम्म नियमित रूपमा अलैंचीको सेवन गरे, रक्तचापमा नियन्त्रण पाउन सकिन्छ ।

५. जैतुन : जैतुनको तेल नियमित सेवन गरेमा उच्च रक्तचापमा नियन्त्रण पाउनुका साथै कालान्तरमा उच्च रक्तचापबाट मुक्ति मिल्दछ ।

६. तरबुजा तथा लिचि : उच्च रक्तचाप भएका ब्यक्तिले तरबुजा तथा लिची खादा“ यसको क्युकरबोसिट्रिन नामक तत्वले रक्तचाप सहज बनाउछ ।

७. मेथी : मेथीको दानामा अत्यधिक मात्रामा पोटासियम तथा फाइबर पाइन्छ । राति सुत्नुअघि आधा चम्चा मेथीको दानालाई भिजाएर बिहान सेवन गर्नाले रक्तचाप तुरुन्तै नियन्त्रण पाउन सकिन्छ ।

यसका साथै खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपानको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ८ : २७ बजे

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली – गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए

काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच