यी हुन् उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय « Khabarhub

यी हुन् उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

विश्वमा धेरै मानिस उच्च रक्तचापका कारण पीडित छन् ।

मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चापलाई रक्तचाप भनिन्छ । १८ वर्षभन्दा माथिका मानिसमा सामान्यतया रक्तचाप माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ ।

सामान्य रक्तचाप भएको ५५ वर्षीय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ । उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ ।

उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ । यसबाट बच्न चिकित्सककोमा जानु त छँदै छ, यसबाहेक पनि केही घरेलु उपाय अपनाउन सकेमा उच्च रक्तचाप नियन्त्रण हुन सक्छ ।

१. बदाम : बदाममा पाइने मोनोस्याचुरेटेड फ्याटले रगतमा कोलेस्ट्रोलको स्तर कम गर्छ । साथै, धमनीलाई सफा गरी रक्तचाप घटाउ“छ ।

२. प्याज : प्याजमा रहेको एन्टिअक्सिडेन्ट फ्लुबेनल, क्यासिन आदिले रक्तचापलाई सन्तुलित बनाउन मद्दत गर्छ । प्याजको नियममित सेवन गरे उच्च रक्तचापमा नियन्त्रण पाउन सकिन्छ ।

३. दालचिनीः दालचिनी धेरै औषधीय गुणयुक्त हुन्छ । दालचिनिको सेवनले मधुमेहसंगै उच्च रक्तचापज जस्ता रोग पनि नियन्त्रण हुन्छ ।

४. अलैंची : एक अनुसन्धानका अनुसार उच्च रक्तचापका बिरामीले करिब तीन महिनासम्म नियमित रूपमा अलैंचीको सेवन गरे, रक्तचापमा नियन्त्रण पाउन सकिन्छ ।

५. जैतुन : जैतुनको तेल नियमित सेवन गरेमा उच्च रक्तचापमा नियन्त्रण पाउनुका साथै कालान्तरमा उच्च रक्तचापबाट मुक्ति मिल्दछ ।

६. तरबुजा तथा लिचि : उच्च रक्तचाप भएका ब्यक्तिले तरबुजा तथा लिची खादा“ यसको क्युकरबोसिट्रिन नामक तत्वले रक्तचाप सहज बनाउछ ।

७. मेथी : मेथीको दानामा अत्यधिक मात्रामा पोटासियम तथा फाइबर पाइन्छ । राति सुत्नुअघि आधा चम्चा मेथीको दानालाई भिजाएर बिहान सेवन गर्नाले रक्तचाप तुरुन्तै नियन्त्रण पाउन सकिन्छ ।

यसका साथै खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपानको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ८ : २७ बजे

झापामा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी

दमक- प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सिरहा– १९ वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने

सर्लाही- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि

काठमाडौं क्षेत्र न ५ बाट राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गरे

काठमाडौं– काठमाडौं क्षेत्र न ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता