वाइडबडी प्रकरणमा रवीन्द्र अधिकारीको कुनै संलग्नता थिएन– प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

वाइडबडी प्रकरणमा रवीन्द्र अधिकारीको कुनै संलग्नता थिएन– प्रधानमन्त्री ओली


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको वाईडबडी विमान खरिद प्रकरणमा कुनै पनि संलग्नता नरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले केही तत्वले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर मान मर्दन गर्न खोजेको भन्दै जनाए ।

शुक्रबार मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्न बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारी कुनै पनि लोभलालचमा पर्ने खालको नभएको र उनलाई फसाउन खोजेको बताए ।

प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर लाञ्छना लगाउने, काममर्दन गर्ने काम गरेपनि त्यो सत्य नभएको बताए ।

ओलीले मन्त्री अधिकारीले नेपालको नागरिक उडड्यनको क्षेत्रमा असाधारण काम गरेको बताए ।
नेकपाको संसदीय दलको बैठकले मृतकहरुप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ४ : २३ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका