डायलाइसिसमा रहेका मिर्गौलाका बिरामीले के खाने के नखाने ? « Khabarhub

डायलाइसिसमा रहेका मिर्गौलाका बिरामीले के खाने के नखाने ?


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मिर्गौलाले पूर्ण रुपमा काम गर्न नसक्ने अवस्था आउनु भनेको मिर्गौला फेल हुनु हो । मिर्गौला फेल भएका व्यक्तिले  स्वस्थ व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नुपर्छ । यदि प्रत्यारोपण सम्भव छैन भने । समय समयमा डायलाइसिस गर्नुपर्छ । समय समयमा डायलाइसिस गरेर मात्रै मिर्गौलाका बिरामीको स्वास्थ्य पूर्ण रुपमा ठीक हुँदैन ।

त्यसैले डायलाइसिस गराइरहेका व्यक्तिले खानपान र स्वास्थ्यमा विशेष ध्याल गर्नुपर्छ । खानपानमा ध्यान दिएर सातामा दुईपटक नियमित डायलाइसिस गराउँदा मिर्गौलाका फेल भएका बिरामीको आयु २५ वर्षसम्म रहनसक्ने चिकित्सकहरु बताउँछन् । त्यसैले डायलाइसिस गरीरहेका मिर्गौलाका बिरामीले आफ्नो स्वास्थ्यमा विशेषज्ञ ध्यान दिनुपर्छ ।

डायलाइसिसमा रहेका मिर्गौलाका बिरामीले के खाने के नखाने ?

पानी पिउँदा ख्याल गर्नुस्

मिर्गौलाका बिरामीलाई पिसाब हुँदैन । बिरामीले सेवन गर्ने झोल पदार्थ डायलाइसिस गर्दा नै बाहिर निकाल्नुपर्ने हुन्छ । त्यसैले डायलाइसिस गराइरहेका व्यक्तिहरुले पानी पिउँदा पनि विचार पुर्‍याउनुपर्छ । धेरै मात्रामा पानी पिउँदा पनि स्वास्थ्यमा असर पर्छ । झोल पदार्थ समेत चिकित्सकको सल्लाहमा सीमित मात्रामा सेवन गर्नुपर्छ ।

तरकारी तथा सागसब्जी उमालेर खाने

डायलाइसिस गराइरहेका मिर्गौलाका बिरामीले पोटासियमयुक्त खाना खानु मुटुका लागि खतरनाक मानिन्छ । पोटासियम बढी भएमा मिर्गौलाका बिरामीको मुटुको धड्कन बन्द भएर मृत्यु हुने खतरा हुन्छ । त्यसैले डायलाइसिस गराइरहेका बिरामीले साजसब्जी उमालेर मरमसला प्रयोग नगरी खानुपर्छ ।

प्रोटिनयुक्त खानामा नियन्त्रण

मिर्गौलाका बिरामीले खाने खानामा हुने विकारयुक्त पदार्थहरु डायलाइसिसकै माध्यमबाट निकाल्ने गरिन्छ । प्रोटिनयुक्त खानाहरु माछा, मासु, च्याउ, डेडागुडी जति धेरै खायो त्यति नै धेरै विकारयुक्त पदार्थ पनि उत्पादन हुन्छ ।

यी पदार्थहरु निस्कासन गर्न डायलाइसिस गराउनुपर्छ । प्रोटिनयुक्त खाद्यान्न बढी खाँदा डायलाइसिस गर्दा पूर्ण रुपमा फोहोर पदार्थ निस्किएन भने शरीर झनै कमजोर हुन्छ । त्यसैले डायलाइसिस गराइरहेका बिरामीले प्रोटिनयुक्त खाना कम खानुपर्छ ।

फलफूलमा नियन्त्रण

डायलाइसिस गराइरहेका बिरामीले फलफूल खाँदा समेत विचार पुर्‍याउनुपर्छ । स्याउ, मेवा , नास्पाती र भुँइकटहर बाहेक अन्य फलफूल मिर्गौलाका बिरामीका लागि उपयुक्त हुँदैन ।

अम्लिय पदार्थ खानु हुँदैन

मिर्गौला बिग्रिएको बिरामीले डायलाइसिस गराइरहेको छ भने अचार, कागती, अमिलो, अमला, लप्सी, गुन्द्रुक, सिन्की, अमिलो मिसाइएको खाना खानु हुँदैन ।

बासी खानेकुरा खानु हुँदैन

मिर्गौला फेल भएर डायलाइसिस सेवा लिइरहेका बिरामीले बासी खाना खानु भनेको स्वास्थ्यमा समस्या निम्त्याउनु हो । त्यसैले मिर्गौलाका बिरामीले बासी, सडेगलेको खानेकुरा खानु हुँदैन ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १२ : ०९ बजे

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण

मानसिक स्वास्थ्यबारे देशव्यापी अभियान चलाइने

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक

कीर्तिपुरबाट खरिपाटी लगिएका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका