आमा बन्न लागेकी सिर्जना सुब्बाले गराइन् ‘बेबी बम्प’ फोटोशूट (तस्वीरहरू) « Khabarhub

आमा बन्न लागेकी सिर्जना सुब्बाले गराइन् ‘बेबी बम्प’ फोटोशूट (तस्वीरहरू)


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री सिर्जना सुब्बा आमा बन्दैछिन् । उनले गएको मंसिरमा फिल्मकर्मी पदम सुब्बासँग विवाह गरेकी थिइन् । पदम र सिर्जनाले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका थिए ।

नायिका तथा थिएटरकर्मी सिर्जना सुब्बाले हालै गर्भावस्थाको बोल्ड फोटोशूट गराएकी छिन् । दुई सातापछि आमा बन्न लागेकी सिर्जनाको बोल्ड फोटोशूटमा बेबी बम्प देख्न सकिन्छ । उनले यी तस्वीर सम्झनाका लागि खिचाएको बताइन् । गर्भावस्थालाई उनले एक ‘उत्सव’ का रुपमा लिएकी छिन् ।

तस्वीरमा सिर्जनाको ग्ल्यामर लूक छ । यी तस्वीरलाई अभिनास मास्के र क्लु जैनले गोदावरीमा खिचेका हुन् ।

सिर्जना सुब्बा चलचित्र ‘लूट’, ‘निभ्न लागेको दियो’, ‘लूट २’ लगायतका चलचित्रमा निभाएको भूमिकाबाट दर्शकको मनमा बस्न सफल छिन् ।

हालै उनको समेत अभिनय रहेको नाटक ‘महाभोज’ ले पनि सिर्जनालाई थप चर्चा दिलाएको थियो । यतिबेला भने फोटोशूटका कारण उनको चर्चा छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १ : ४७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह