आमा बन्न लागेकी सिर्जना सुब्बाले गराइन् 'बेबी बम्प' फोटोशूट (तस्वीरहरू) | Khabarhub Khabarhub

आमा बन्न लागेकी सिर्जना सुब्बाले गराइन् ‘बेबी बम्प’ फोटोशूट (तस्वीरहरू)


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री सिर्जना सुब्बा आमा बन्दैछिन् । उनले गएको मंसिरमा फिल्मकर्मी पदम सुब्बासँग विवाह गरेकी थिइन् । पदम र सिर्जनाले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका थिए ।

नायिका तथा थिएटरकर्मी सिर्जना सुब्बाले हालै गर्भावस्थाको बोल्ड फोटोशूट गराएकी छिन् । दुई सातापछि आमा बन्न लागेकी सिर्जनाको बोल्ड फोटोशूटमा बेबी बम्प देख्न सकिन्छ । उनले यी तस्वीर सम्झनाका लागि खिचाएको बताइन् । गर्भावस्थालाई उनले एक ‘उत्सव’ का रुपमा लिएकी छिन् ।

तस्वीरमा सिर्जनाको ग्ल्यामर लूक छ । यी तस्वीरलाई अभिनास मास्के र क्लु जैनले गोदावरीमा खिचेका हुन् ।

सिर्जना सुब्बा चलचित्र ‘लूट’, ‘निभ्न लागेको दियो’, ‘लूट २’ लगायतका चलचित्रमा निभाएको भूमिकाबाट दर्शकको मनमा बस्न सफल छिन् ।

हालै उनको समेत अभिनय रहेको नाटक ‘महाभोज’ ले पनि सिर्जनालाई थप चर्चा दिलाएको थियो । यतिबेला भने फोटोशूटका कारण उनको चर्चा छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १ : ४७ बजे

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा