क्षयरोगबाट जोगाउन सक्ने खोप तयार गर्दै अनुसन्धानकर्ता « Khabarhub

क्षयरोगबाट जोगाउन सक्ने खोप तयार गर्दै अनुसन्धानकर्ता


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्षयरोगविरुद्धको उपचारमा ठूलो परिवर्तन ल्याउन सक्ने अपेक्षासहित एउटा नयाँ खोप विकसित भइरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

उक्त खोपले क्षयरोगबाट दीर्घकालीन रूपमा जोगाउन सक्ने आशा गरिएको छ । क्षयरोगबाट विश्वभरि बर्सेनि १५ लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।

सर्ने सम्भावना उच्च भएको यो रोग जीवाणुबाट सर्छ । यो रोगविरुद्ध अहिले उपलब्ध खोप बीसीजी त्यति प्रभावकारी छैन ।

नयाँ खोपको प्रारम्भिक परीक्षण भइसकेको छ । तर त्यसले प्रयोगको अनुमति पाउन अझै केही वर्ष कुर्नुपर्ने हुन्छ ।

अनुसन्धानमा संलग्न विश्वभरिका शोधकर्ताहरूको टोलीले मङ्गलवार पश्चिम भारतको हैदराबादमा फोक्सोको स्वास्थ्यसम्बन्धी एउटा सम्मेलनका क्रममा नयाँ खोपबारे जानकारी गराएको हो ।

जीवाणुको प्रोटीनबाट बन्ने यो खोपले मानिसमा रोगप्रतिरोधक क्षमता विकसित गराउँछ ।

अनुसन्धानकर्ताहरूका अनुसार नयाँ खोपले सबैभन्दा महत्त्वपूर्ण चरण ‘क्लिनिकल ट्रायल’ पूरा गरिसकेको छ र दक्षिण अफ्रिका केन्या तथा जाम्बियामा साढे तीन हजारभन्दा बढी मानिसमा त्यसको परीक्षण गरिसकिएको छ ।

क्षयरोग विशेषज्ञ डा. डेभिड लेविन्शनका अनुसार यो खोपले साँच्चिकै आमूल परिवर्तन गरिदिनेछ ।

बीबीसीसँग उनले भने, “यो खोपको विशेषता के हो भने क्षयरोग निम्त्याउने जीवाणुबाट पहिलेदेखि सङ्क्रमित वयस्कहरूमा पनि प्रभावकारी देखिएको छ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा एक करोड क्षयरोगी भएको अनुमान छ । विश्वको लगभग एकचौथाइ जनसङ्ख्या नदेखिनेगरी क्षयरोगबाट सङ्क्रमित छ ।

क्षयरोगको जीवाणु निष्क्रिय रूपमा रहेका मानिसहरूको जीवनमा क्षयरोग हुने खतरा पाँचदेखि १० प्रतिशतसम्म हुन्छ । विश्वका कुल क्षयरोगीमध्ये एकतिहाइ सङ्ख्या आठवटा देशमा पाइन्छ ।

भारतमा २७ प्रतिशत, चीनमा ९, इन्डोनेशियामा ८, फिलिपिन्समा ६, पाकिस्तानमा ६, नाइजिरियामा ४, बाङ्ग्लादेशमा ४ र दक्षिण अफ्रिकामा ३ प्रतिशत बिरामी छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १ : २४ बजे

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण