विवाहित छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ | Khabarhub Khabarhub

विवाहित छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– आफ्नी २२ वर्षीया विवाहित छोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा बरामा एक ३८ वर्षीय पुरुष पक्राउ परेका छन् ।

छोरीलाई धम्की दिएर पटक पटक बलात्कार गर्ने गरेको उजुरीका आधारमा प्रहरीले बाराको कलैया बस्ने ३८ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणका क्रममा उनीमाथि जबरजस्ती करणी भएको देखिएको बारा प्रहरीले जनाएको छ ।

पीडित युवतीको ०७५ माघमा विवाह भइसकेको थियो । तर, घरमा कुरा नमिल्दा उनी माइतीमा बस्दै आएकी थिइन् ।

माइतीमा बस्दा आफ्नै बुवाले धम्की दिएर आफूमाथि पटक पटक बलात्कार गरेको पीडित महिलाले बयान दिएकी प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुरुषविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद थप भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १ : ३६ बजे

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या

टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक

काठमाडौं- सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौं – हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय