मलेसियाको रोजगारी बन्द हुँदा विदेशीने नेपालीको संख्या १६ प्रतिशत घट्यो | Khabarhub Khabarhub

मलेसियाको रोजगारी बन्द हुँदा विदेशीने नेपालीको संख्या १६ प्रतिशत घट्यो


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत जेठ महिनादेखि मलेसियाको रोजगारी बन्द हुँदा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएको छ । सरकारले आगामी ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्न लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ को ७ महिनामा मात्र वैदेशिक रोजगारीमा जाने युवाको संख्या ३ लाख ३१ हजार रहेकोमा चालू आर्थिक वर्षको सो अवधिमा घटेर २ लाख ८७ हजार पुगेको छ । गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालू आर्थिक वर्षको माघ मासन्तसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या १६ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा ६ लाख ५५ हजार कामको खोजीमा विदेशीएका थिए ।

चालू आवको माघ महिनासम्ममा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ४४ हजारले घटेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । यो संख्या संस्थागत, नयाँ, पुनः प्रवेश र वैधानिकीकरणसहित श्रम स्वीकृतिको संख्या हो । तर, सरकारी लक्ष्यअनुसार विदशीने युवाको संख्यामा भने गिरावट आएको होइन । साउदीमा विगत दुई वर्षदेखि आर्थिक मन्दी र गत महिनादेखि मलेसिया जान रोक लगाएसँगै चालू आर्थिक वर्षको ७ महिनासम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटेको देखिन्छ ।

सरकारले गत जेठ महिनादेखि मलेसियाको नयाँ श्रम स्वीकृति बन्द समग्र वैदेशिक रोजगारीमा असर देखा परेको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको माघ महिनासम्म मलेसिया रोजगारीका लागि जाने नेपालीको संख्या मात्र ७९ प्रतिशत अर्थात ६८ हजार ५ सय ५६ ले घटेको छ । बाँकी रहेको २१ प्रतिशत अर्थात १८ हजार ५ सय पुनः श्रम स्वीकृति लिएर जाने कामदारको संख्या रहेको विभागको तंथ्याकमा छ । गत आवको ७ महिनामा ८७ हजार ८२ नेपाली युवा रोजगारीका लागि मलेसिया गएका थिए । मलेसियामात्र होइन खाडी राष्ट्र जाने कामदारको संख्या समेत यो अवधिमा घटेको देखिन्छ ।

सरकारले पछिल्लो समय देश भित्रकै रोजगारीमा युवामैत्री स्कीम धेरै ल्याएकाले कामको खोजीमा विदेशीने युवाको संख्यामा कमी आएको वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापागाईँले बताए । रोजगारीका खोजीमा जाने कामदारको संख्यामा मासिक रुपमा थपघट भइरहने उनको भनाइ छ ।

९१ प्रतिशत खाडीका देश र मलेसिया 

नेपालबाट वैदेशिक रोजगारीमा करिब ९१ प्रतिशत नेपाली खाडीका देश र मलेसिया जाने गरेको विभागको तंथ्याकमा छ ।

नेपाली युवा युवतीको मुख्य रोजगार गन्तव्य देशभित्र मलेसिया, कतार, साउदी अरब, यूएई, कुवेत, बहराइन, ओमन, दक्षिण कोरिया, लेबनान, इजरायल, अफनानिस्तान, जापान, मकाउ प्रमुख रहे पनि ९१ प्रतिशत कामदार खाडी र मलेसिया जाने नै रोजगारीका लागि जाने गरेका छन् ।

सरकारले २०७३ साल असारमा खाडीका देश र मलेसिया जाने कामदारको हकमा फ्रि भिसा र फ्रि टिकट लागू गरेको छ । रोजगारीका लागि विदेश जाने कुल कामदारमध्ये करिब ९१ प्रतिशत सरकारले निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेका देशहरूमा जाने गरेका छन् । त्यसैगरी नेपाल भित्रिने कुल रेमिट्यान्समा पनि यीनै देशहरूको हिस्सा करिब ७० प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा मलेसिया, कतार, साउदी र युएईबाट धेरै रेमिट्यान्स नेपाल भिक्रिएको राष्ट्र बैकको तंथ्याकमा उल्लेख छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ५ : ३४ बजे

सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रू आज 

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको