हुलाकी सडकमा पुल नहुँदा सदरमुकाम पुग्न जोखिम | Khabarhub Khabarhub

हुलाकी सडकमा पुल नहुँदा सदरमुकाम पुग्न जोखिम


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लम्की– तराई मधेशको हुलाकी राजमार्गअन्तर्गत सिरहाको औरही गाउँपालिकास्थित गागनखोलामा पुल नहुँदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

उक्त खोलामा पुल निर्माण नगर्दा सिरहाको एक दर्जनभन्दा बढी गाउँकाका बासिन्दा बिगत १० वर्षदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

आफ्नो गाउँदेखि १५ किलोमिटर उत्तरको पूर्वपश्चिम राजमार्ग छिचोल्न ठूलो समस्या छ, औरही गाउँपालिका–१ का शिवनाथ यादवले भने, ‘‘पुल नहुँदा कतिपय जोखिम उठाएरै खोला तरेर सदरमुकाम पुग्छन् भने कतिपय घुमाउँरो बाटो प्रयोग गरी दिनभरको समय खर्चिन्छन् ।”

सो भेगका बासिन्दा सदरमुकाम सिरहासम्म पुग्न हुलाकी राजमार्गदेखि उत्तर पूर्वपश्चिम राजमार्ग र पुनः पूर्वपश्चिम राजमार्गको चोहर्वा खण्डदेखि १८ किलोमिटर दक्षिणको घुमाउरो बाटो प्रयोग गर्न दिनभरिको समय खर्चिनुपर्ने बाध्यता रहेको सुनाउँछन् ।

करीब २० वर्षअघि सडक डिभिजन कार्यालयले सो खोलामा पुल निर्माण गरिदिएकामा दश वर्षपछि आएको ठूलो बाढीले पुलदेखि ३५० मिटर उत्तरको पूर्वी बाँध भत्काएर साविकको पुलदेखि २०० मिटर पूर्वबाट धार बनाइ बग्न थालेपछि सो क्षेत्रका बासिन्दाको आवागमन कष्टकर हुँदै आएको हो ।

पहिलेको खोलामा पानी बग्न छोडेको छ, । त्यहाँको सुक्खा नदीमा पुल छ तर धार परिवर्तन गरी बगिरहेको खोलामा बाह्रै महीना पानी बग्ने गरेको छ, बरियारपट्टी गाउँपालिका–३ का महेश यादवले भने, “सुक्खायाम त केही सहज हुन्छ, तर बाढीको समयमा दुई महीनासम्म त आफूहरूलाई आवतजावत गर्न गाह्रो हुन्छ ।”

औरहीदेखि करीब सात किलोमिटर पश्चिम सिरहा सदरमुकाम छ भने औरहीदेखि मात्र दुई किलोमिटरको दूरीमा पूर्व भारतीय बजार लदनियासँग जोडिएको बरियारपट्टी बजार छ ।

साविकको पुल रहेको खोलामै भत्किएको बाँध पुनःनिर्माण गरी धारलाई साबिककै ठाउँमा फर्काउन सकिए हुलाकी राजमार्गको पूर्व भगवानपुर र ठाडी बजारदेखि पश्चिम सिरहा सदरमुकामसम्म ४२ किलोमिटर दूरी हुने र त्यो दूरी एक घण्टाको समयमा ओहरदोहर गर्न सकिने स्थानीयवासी बताउँछन् ।

गागनको बाँध भत्किएर अर्को बाटो लिएदेखि नै औरही र बरियारपट्टीलगायतका बासिन्दाले जनप्रतिनिधिदेखि ठूला नेताहरुलाई गुहार्दै आए पनि सुनुवाइ नभएको गुनासो गरे । औरही गाउँपालिका–५ का दीपक कामतीले भने, “कतिपटक हामीले कि त भत्किएको बाँध पुनःनिर्माण गर कि अर्को बाटो भएर बगेको खोलामाथि पुल निर्माण गर भन्याँै तर कसैले हाम्रो कुरा सुनेनन् ।”

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  २ : ३५ बजे

तीज भावनात्मक एकता, माया र करुणाको प्रतीक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करुणा

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

महोत्तरी– मिथिला क्षेत्रमा आज (मंगलबार) चन्द्रमाको पूजा गरी चौरचन पर्व

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या

टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक

काठमाडौं- सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौं – हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका