वडा कार्यालयमा कांग्रेस कार्यकर्ताको ‘लुटपाट’, अधिकांश सामग्री गायव « Khabarhub

वडा कार्यालयमा कांग्रेस कार्यकर्ताको ‘लुटपाट’, अधिकांश सामग्री गायव


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेको नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयबाट बिहीबार लुटिएको महत्वपूर्ण सामग्री गायब पारिएको छ । लुटिएकोमध्ये तीन गाडीमा रहेको वडा कार्यालयको अन्य सामग्री भने प्रहरीले बिहीबार दिउँसो देउराली चोकमा नियन्त्रणमा लिएको थियो ।

वडा कार्यालयबाट सामग्री लुटेर ४ वटा गाडीमा हालेको तर ल्यापटप कम्प्युटरलगायत महत्वपूर्ण कागजात भने निजी कारमा अर्कै बाटो लगेकाले प्रहरीले फर्काउन सकेको थिएन । नमोबुद्ध नगरपालिका–३ कै विष्णु पौडेलको निजी कारमा लगेको ल्यापटप कम्प्युटर, तीन माइन्यूट बुक, नगद ३० हजार र केही रसिद प्याडहरु फिर्ता नभएको वडाध्यक्ष रामशरण हुमागाईँले बताए । ‘कार अर्कै बाटो गएकाले प्रहरीले फेला पार्न सकेन, कारबाहेकको अन्य सामग्री प्रहरीले कार्यालयमा फिर्ता गराइसक्यो,’ हुमागाईँले भने ।

नेपाली कांग्रेस समर्थित भुपू सैनिक सङ्घ काभ्रेपलाञ्चोकको जिल्ला अध्यक्ष नमोबुद्ध नगरपालिका–३ दाहालटार निबवासी इन्द्रप्रसाद दाहालको नेतृत्वमा करिब ३० जनाको  समूहले भेँडाबरीस्थित वडा कार्यालयको डेक्सटप कम्प्युटर १ थान, ल्यापटप कम्प्युटर १ थान, दराज, सम्पूर्ण कागजपत्र (फाइल), कार्यालयका टेबुल–कुर्सी, कार्पेटलगायत सबै सामग्री लुटेर ३ वटा ट्रक र १ निजी कारमा लगिरहेको अवस्थामा ३ वटा ट्रक जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले दिउँसो १ बजे नियन्त्रणमा लिएको थियो ।

‘हामी पुग्नेबित्तिकै गाडी छाडेर सबै भागे, कसैलाई पनि नियन्त्रणमा लिन सकिएन, नियन्त्रित सामग्री सुरक्षित गरी कार्यालयमा फर्काइयो, कारमा लगेको सामग्री फेला पार्न सकिएन, कार्यालयसँग फिर्ता नभएको सामग्रीको सूची मागेका छौँ,’  प्रहरी उपरीक्षक जयराज सापकोटाले भने ।

वडा कार्यालयका लागि व्यवस्थित गरिएको जमीन नापजाँचसम्बन्धी काम गर्न वडाध्यक्ष हुमागाईँ नापी कार्यालय धुलिखेल गएको मौकामा बिहीबार बिहान ११ बजे नेपाली कांग्रेसका स्थानीय नेता/कार्यकर्ताले वडा सदस्य, वडा सचिव र वडाका एक कर्मचारीलाई बाहिर निकाली वडा कार्यालयका सम्पूर्ण सामग्री लुटेर लगेका थिए ।

केही समयदेखि वडा कार्यालय सार्ने विषयमा कांग्रेसका नेता कार्यकर्ताले आफूलाई दाहालचौरमा सार्नुपर्छ भन्दै दबाब दिँदै आएको वडाध्यक्ष हुमागाईँले बताउनुभयो । उहाँका अनुसार अस्थायीरूपमा भेँडाबारीस्थित एक घरमा सञ्चालन गरिँदै आइएको वडा कार्यालय वडाको केन्द्र भाग पर्ने गरी देउरालीडाँडामा राख्ने निर्णय वडास्थित जनप्रतिनिधि तथा नगर कार्यपालिका समेतको बैठकले निर्णय गरिसकेको छ ।

भुपू सैनिक सङ्घका जिल्ला अध्यक्ष दाहालले बिहीबार आफूहरुले वडा कार्यालयको सामग्री निकालेर ल्याएको तर सबै सामग्री फिर्ता भइसकेको दाबी गरे । उनले वडा कार्यालयको सामग्री नगरपालिका कार्यालयमा बुझाउन लैजाँदा प्रहरीले हस्तक्षेप गरी फिर्ता गरेको बताइ । नगरप्रमुख टङ्कप्रसाद शर्माले भने वडा कार्यालयका कुनै पनि सामग्री नगर कार्यालयमा नआएको बताए ।

वडाध्यक्ष हुमागाईँका अनुसार वडा कार्यालयको सामग्री लुट्ने तथा महत्वूर्ण सामग्री गायब बनाउनेविरुद्ध किटानी जाहेरीको प्रक्रियामा जाने तयारी भइरहेको छ ।

‘नगर कार्यपालिकाको बैठकपछि सरकारी कागजात लुट्ने र गायब पार्नेविरुद्ध किटानी जाहेरीको प्रक्रियामा छौँ,’ वडाध्यक्ष हुमागाईँले भने ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ४ : ४० बजे

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा