देउवाको गलामा १० किलोको माला ! « Khabarhub

देउवाको गलामा १० किलोको माला !


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् परियोजना सुदूरपश्चिमवासीलेनै बनाउनुपर्ने बताएका छन् ।

प्रदेशस्तरीय व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्वसको महेन्द्रनगरमा उद्घाटन गर्दै उनले विकासका लागि सुदूरपश्चिम ठूलो सम्भावना बोकेको प्रदेश भएकाले गौरवको योजनालाई यहीँका जनताले बनाउनुपर्ने बताएका हुन् ।

उनले परियोजनाको शेयर सुदूरपश्चिवासीलाई दिनुपर्ने र त्यसको नाफा पनि यहाँका जनतालेनै पाउनुपर्ने तर्क गर्दै भने “जलविद्युत्का दृष्टिकोणले यो प्रदेश सबैभन्दा धनी प्रदेश बन्न सक्छ, कर्णाली यहीँ छ, सेती र महाकाली यहीँ छन्, प्राकृतिक साधनको उचित प्रयोग गर्नु आवश्यक छ ।”
वाणिज्य सङ्घले पूर्वप्रधानमन्त्री देउवालाई सोही अवसरमा १२ किलोको मालाले अभिनन्दनसमेत गरेको थियो । यही फागुन २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा १७० कक्ष छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : २५ बजे

त्रिविले १७ क्याम्पसलाई भन्यो : तत्काल स्ववियु निर्वाचन अघि बढाऊ

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका

चैत १७ देखि २० गतेसम्म पुष्प मेला हुने

काठमाडौँ – पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यही चैत

इटहरी गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

उपनिर्वाचनका विषयमा छलफल गर्न जसपाद्वारा बैठक आह्वान

काठमाडौँ – आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल

स्व गिरिजाबाबु सबै दलका अभिभावक : महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले