प्रवासमा राष्ट्रियता र नेपाली भावना नेपालको पूँजी- कमल थापा « Khabarhub

प्रवासमा राष्ट्रियता र नेपाली भावना नेपालको पूँजी- कमल थापा


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राप्रपा अध्यक्ष कमल थापाले प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकासमा नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै नेपालको राष्ट्रिय एकताको आधारहरुको पहिचान र पुनःस्थापनामा आवश्यक परे हस्तक्षेपकारी भूमिका निर्वाह गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन् ।

राप्रपा निकट प्रवासी नेपाली एकता समाज अमेरिकाको बाल्टिमोरमा आयोजित तेश्रो अधिवेशनको समुदघाटन गर्दै अध्यक्ष थापाले नेपालका अन्य राजनीतिक दल भन्दा राप्रपा फरक विचार र फरक बाटोबाट हिडिरहेको बताउँदै कतिपयले दुस्साहसपूर्ण बाटो भनेतापनि नेपालको लागि राप्रपाले अबलम्बन गरेको बाटो सहि, उपयुक्त तर कठिन रहेको बताएका छन् ।

स्वदेश विदेश जहाँ गएपनि कतिपय मान्छेले मलाई राप्रपाले दुस्साहसपूर्ण बाटो हिडेको भन्छन्, अध्यक्ष थापाले भने “राप्रपाले हिडेको बाटो सजिलो छैन कठिन छ तर नेपालको सुरक्षित भविष्यको लागि राप्रपाले हिडेको बाटो सहि र उपयुक्त छ, हामी आम नेपालीलाई यसबारे बुझाउँदै हिडिरहेका छौं, एकदिन सबैलाई बुझाउन सफल हुनेछौं, हाम्रो निष्ठा र आदर्शमा शंका नगर्न आग्रह गर्दछु ।”

नेपालमा पटकपटक आन्दोलन र परिवर्तन भएको तर पटकपटकका अभ्यास असफल हुँदै गइरहेका छन् भन्दै अध्यक्ष थापाले नेपालमा नेपाली मात्रको प्रयासले अर्को एउटा राष्ट्रवादी आन्दोलनको खाँचो रहेकोमा जोड दिएका छन् ।

राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकासमा पार्टी र पार्टी भन्दा माथि उठेर विवेकको प्रयोग गर्ने अवस्था नरहेको भन्दै अध्यक्ष थापाले देशमा डरलाग्दो ठूला ठूला भ्रष्टाचारका काण्डहरु भइरहेको तर जनता पार्टीका आधारमा विभाजित हुँदा भ्रष्टाचारीले सजिलै उन्मुक्ति पाउने गरेकोमा चिन्ता व्यक्त गरेका छन् । हरेक काण्डमा स्वतन्त्र र स्वाभिमानी जनता भन्दा पार्टीको कार्यकर्ता भएर निर्णय गर्दा, निर्वाचनमा मतदान गर्दा नागरिक आवाज कमजोर हुँदै गएको र अब यो अवस्थाको अन्त्य हुनुपर्नेमा अध्यक्ष थापाले जोड दिएका छन् ।

समारोहमा राप्रपाका प्रवास संघका प्रमुख, सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठले विदेशमा राष्ट्रियताको भावना प्रचुर रहेको बताउँदै राष्ट्रवादी आन्दोलनमा प्रवासको साथ, सहयोग र समर्थन रहने उल्लेख गरेका छन् ।

कार्यक्रममा प्रवासी नेपाली एकता समाजका नेताहरू प्रेम चौलागाईं, लोकनाथ तिवारी, दिपु भुषाल, राजेन्द्र शेरचन, राधा शर्मा, मेरिल्याण्ड स्टेट काउन्सिलका डेलिगेट हरि भण्डारी, महावाणिज्यदूत एवं चर्चित लोक गायक प्रेमराजा महत लगायतले शुभकामना व्यक्त गरेका थिए ।

विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा राप्रपा अध्यक्ष थापा संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका छन् । अध्यक्ष थापा डिसेम्बर २ मा टेक्सासमा आयोजना भएको नेपाली समुदायसंगको छलफल र अन्तरक्रियामा सहभागी हुनेछन् ।

यसैगरी अध्यक्ष थापा डिसेम्बर ४ र ५ मा वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको राजनीतिक सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १० : २८ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार