‘लालझण्डा सदैव माथि हुँदैन, नेकपालाई बर्लिनको पर्खालझैँ ढलेको पत्तै भएन’ « Khabarhub

‘लालझण्डा सदैव माथि हुँदैन, नेकपालाई बर्लिनको पर्खालझैँ ढलेको पत्तै भएन’


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तिलक राईलाई जीतको बधाइ दिएका छन् ।

अन्तिम मत परिणाम नआएपनि तिलक जीत नजिक पुगेका छन् । नेकपाका उम्मेदवार प्रकाश राईभन्दा भन्दा उनी २५ सय भन्दा धेरै मतले अगाडि रहेका छन् ।

वामपन्थीको किल्लाको रुपमा रहेको धरान परिवर्तनको पक्षमा उभिएको शर्माको भनाइ छ ।

वामपन्थीहरुले धरानमा सधैं लालझण्डा हुन्छ भन्ने सोचेको तर सबैभन्दा माथि जनताको मत हुन्छ भन्ने विर्सिएको उनको भनाइ छ । वामपन्थीहरुले बर्लिनको पर्खालझैं धरानमा आफ्नो लहर ढलेको थाहा नपाएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,’कसैले भने `पश्चिम् बंगाल´हो धरान । लालझण्डा यहाँ सदैब माथी रहन्छ । बिर्सिए सबै भन्दा माथी जनताको मत रहन्छ । तिनलाई पत्तै भएन पश्चिम् बंगालको राज अलिअघि स्वयं ढलिसकेको थियो बर्लिनको पर्खालझैं !

आज भानु चोकमा उभिएर धरानले भन्यो म परिवर्तनको पक्षमा उभिन्छु । विन्रम बधाई धरानलाई ।’

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ११ : ०१ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,