सागमा नेपालले जित्यो ९ स्वर्ण « Khabarhub

सागमा नेपालले जित्यो ९ स्वर्ण


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको स्वर्ण पदक संख्या ९ पुगेको छ ।

तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको ३० वर्षमाथिको उमेर समूहमा आयशा शाक्यले स्वर्ण पदक दिलाएसँगै नेपालको स्वर्ण पदक संख्या ९ पुगेको हो ।

तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको ३० वर्ष माथिको उमेर समूहमा आयशाले ७.०४० अंक ल्याइन् । उक्त प्रतिस्पर्धामा भारतकी खेलाडीले रजत र श्रीलंकाकी खेलाडीले कास्य पदक जितिन् ।

यसअघि तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३–२९ वर्ष उमेर समूहमा पार्वती गुरुङले पनि नेपाललाई स्वर्ण दिलाएकी थिइन् ।

तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३–२९ वर्ष उमेर समूहमा पार्वतीले ८.२५० अंक प्राप्त गरिन् । पार्वतीले स्वर्ण जित्दा श्रीलंकाकी थिलकसिका जयाविराले ८.१४० अंक प्राप्त गर्दै रतजमा चित्त बुझाउनु प¥यो ।

यस्तै, भारतकी हर्षा सिंहाले ८.०३० अंक प्राप्त गर्दै रजत हात पारिन् ।

यसअघि नेपालका लागि कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपाललाई दोहोरो स्वर्ण दिलाएका थिए । उनले सिंगला काता र समूहगत कातामा गरी २ स्वर्ण दिलाएका हुन् ।

यस्तै, कमला तामाङले कराँतेको ५५ किलो उमेर समूहमा बंगलादेशका मोहम्मद मुस्तफालाई पराजित गर्दै नेपाललाई स्वर्ण दिलाए ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ३ : १४ बजे

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको