प्रधानमन्त्री ओलीले अस्पतालबाट भने– म बोल्न सक्ने भएको छु « Khabarhub

प्रधानमन्त्री ओलीले अस्पतालबाट भने– म बोल्न सक्ने भएको छु


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् ।

केही समय अगाडि प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट साझा गरिएको भिडियो ब्लगमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य सुधार भएको बताएका हुन् ।

‘मेरो स्वास्थ्य राम्ररी अगाडी बढिराखेको छ, सुधार भइरहेको छ,’ प्रधामन्त्री ओलीले भिडियो ब्लगमा भनेका छन्, ‘एउटा मेजर अप्रेसन पछि तपाईंहरु देखिरहनु भएको छ, म फेरि उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु, समाचार हेर्न सक्ने अवस्थामा छु ।’

प्रधानमन्त्री ओलीले एपेन्डिसाइटिस रोग सूचना दिएर नआउने र आफूलाई पनि अचानक देखिएको बताए ।

‘एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन, यो अचानक आइलाग्छ, मलाई पनि अचानक आइलाग्यो, त्यसमा इन्फेक्सन भएर र त्यो बाहिर पनि फैलिएछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसमा मात्र इन्फेक्सन सीमित भएको भए, त्यसलाई निकालेर फल्दा सजिलो हुन्थ्यो, बाहिर पनि इन्फेक्सन भएकाले त्यसलाई निकालेर फाल्न केही दिन, हप्ता १० दिनको उपचारको क्रम लाग्ने भयो ।’

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १३ औं संस्करणको उद्घाटन समाराेह पनि लाइभ हेरेको बताएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ४ : ५३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको