सागमा नेपालले पायो १३ स्वर्ण पदक « Khabarhub

सागमा नेपालले पायो १३ स्वर्ण पदक


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले १३ स्वर्ण पदक जितेको छ । काठमाडौं, पोखरा र जनकपुरमा भइरकेको सागमा सोमबार साँझ ५ बजेसम्म १३ स्वर्ण जितेको छ ।

नेपालले कराँतेमा ७, तेक्वान्दोमा ५ र ट्रायथलनमा १ गरी १३ स्वर्ण जितेको हो।

कराँतेकी अनु अधिकारीले नेपाललाई १३ औं स्वर्ण दिलाइन् ।  कराँतेकी अनुसँगै कुसुम खड्काले २–२ स्वर्ण हात पार्दा पदकतालिकामा नेपालले १३ ओटा स्वर्ण दर्ज गर्न सफल भयो ।

यस्तै करातेकै विप्लवलाल श्रेष्ठले नेपाललाई दशौं स्वर्ण जिताएका थिए । कराँतेको कुमुतेतर्फ ८४ तौलमाथिको समूहमा स्वर्ण जितेका हुन् ।

विप्ललाले पाकिस्तानका मुहम्मोद बाजलाई ६–५ को स्कोरले पारजित गर्दै स्वर्ण जितेका हुन् । कतारेमा काता तर्फ पुरुष र महिला टिमले पनि स्वर्ण जितेको छ ।

यस्तै, करातेको ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । यता तेक्वान्दोतफै नेपालले अहिलेसम्म चार स्वर्ण हात पारेको छ । पुम्से २३ देखि २९ बर्षको क्याटगोरिमा कमल श्रेष्ठले स्वर्ण जित्दा पुम्सेतर्फ नै महिलामा पावर्ती गुरुङले २३–२९ बर्षमा स्वर्ण हात पारिन् ।

यस्तै, एघारौं सागमा स्वर्ण पदक हात पारेकी आयशा शाक्यले तेक्वान्दोमा पुम्सेमा २९ बर्षमाथिको क्याटागोरिमा नेपाललाई स्वर्ण दिलाइन् । यो सँगै उनले सागमा दुई स्वर्ण हात पारेकी छन् ।

पोखरामा भइरहेको ट्रायथलमा सोनु गुरुङले स्वर्ण दिलाइन् । अहिलेसम्मका खेलहरुबा नेपालले १३ स्वर्ण, २ रजत र १ कास्य पदक पक्का भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ५ : ३० बजे

डाँडापारी ‘कफी-जडीबुटी ड्रिम प्रोजेक्ट’ योजनासहित भोट माग्दै अमित लामा

काभ्रे- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काभ्रे क्षेत्र नं. १

जसपा नेपालका उम्मेदवार नै प्रवेश गरे एमालेमा

भैरहवा- जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रुपन्देही क्षेत्र नम्बर ३

अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक : युनिसेफ

काबुल- संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा

चितवनका मतदाता फकाउँदै रवि भन्छन् : मसँग इमानबाहेक अरू केही पनि छैन

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि

हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुनेछ : प्रधानमन्त्री नेतन्याहू

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित