भेनेजुएला सङ्कटः राष्ट्रपति मदुरो विरुद्ध प्रदर्शन « Khabarhub

भेनेजुएला सङ्कटः राष्ट्रपति मदुरो विरुद्ध प्रदर्शन


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काराकास– भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरो विरुद्ध बृहद प्रदर्शन गरेका छन् ।

अमेरिकालगायतका देशहरुको समर्थन पाउनु भएका विपक्षी नेता हुँवा गुएइदोको नेतृत्वमा विपक्षीहरुले शुक्रबार व्यापक प्रदर्शन गरेका हुन् ।

उनीहरुले राष्ट्रपति मदुरोलाई तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गरेको समाचारमा जनाइएको छ ।

युरोपेली सङ्घमा आबद्ध प्रमुख देशहरुले पनि एक हप्ता भित्रमा नयाँ निर्वाचनको वातावरण बनाउन मदुरोलाई गत हप्ता अल्टीमेटम दिएका थिए ।

उनीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने र आफैंले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएइदोलाई समर्थन गर्ने बताएका थिए ।

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष गुएइदोले राष्ट्रपति मदुरोलाई अवैध दावी गर्दै केही दिन अगाडि आफैंले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।

राजनीतिक सङ्घर्ष चुलिदै गएपछि कतिपयलाई देश निकाला गरिएको छ भने कतिपय आफैँ विस्थापित भएका छन् ।

देश निकाला गरिएकाहरुले अमेरिकाको मियामीमा आयोजना गरेको र्‍यालीमा बोल्दै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकाले भनेअनुसार नै गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति मदुरो र सेनाबीच छलफल 

यसैबीच राष्ट्रपति मदुरोले सुरक्षा अधिकारीहरुसँग छलफल गरेका छन् । उनले आन्दोलनलाई नियन्त्रण गर्ने र त्यसका लागि आवश्यक तयारी तथा व्यवस्थापनका बारेमा छलफल गरेका बताइएको छ ।

“गुप्तचर सम्बन्धी कार्यलाई अझ सशक्त बनाउन आवश्यक छ, यसको क्षेत्र विस्तार गर्दै निरोधक बनाउनु पर्ने भएको छ,” मदुरोले भने ।

आफ्ना सुरक्षा अङ्गहरुले आतङ्क मच्चाउनेहरुलाई निस्तेज पार्न र अपराध नियन्त्रण गर्न सक्ने बताए ।

विपक्षी नेता गुएइदोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विभाजित भेनेजुएलाका निकायहरुमध्ये सुरक्षाकर्मीहरुले राष्ट्रपति मदुरोलाई नै समर्थन गरेका छन् । विशेषगरी भेनेजुएलाको शक्तिशाली सेनाले गुएइदोलाई नचिन्ने स्पष्ट पार्दै मदुरोकै साथमा रहेको जनाएको छ ।

अमेरिकासहित युरोपेली सङ्घका देशहरुको समर्थन प्राप्त गरेका ३५ वर्षीय नेता गुएइदोले यसअघि आफूलाई देशकै सुरक्षाकर्मीबाट सुरक्षा चुनौती रहेको बताएका थिए । उनलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको छ ।

विपक्षीहरुले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि अहिले भेनेजुएलामा राजनीतिक सङ्घर्ष चर्किदै गएको छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  २ : २३ बजे

नेपाली काँग्रेस कार्यसम्पादन समिति बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली काँग्रेस पार्टीभित्र देखिएको महाधिवेशन विवादबारे निर्णय लिन बोलाइएको

नेपालको औद्योगिक क्षेत्र : ७ सय उद्योग थपिए, तर उत्पादन क्षमतामा भने घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन

औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्

काठमाडौं– औषधि व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको

समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका,

विल स्मिथविरुद्ध यौन दुर्व्यवहार र प्रतिशोधको मुद्दा दायर

काठमाडौं– अमेरिकी अभिनेता तथा र्‍यापर विल स्मिथ माथि भायोलिनिष्ट ब्रायन