भेनेजुएला सङ्कटः राष्ट्रपति मदुरो विरुद्ध प्रदर्शन « Khabarhub

भेनेजुएला सङ्कटः राष्ट्रपति मदुरो विरुद्ध प्रदर्शन


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काराकास– भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरो विरुद्ध बृहद प्रदर्शन गरेका छन् ।

अमेरिकालगायतका देशहरुको समर्थन पाउनु भएका विपक्षी नेता हुँवा गुएइदोको नेतृत्वमा विपक्षीहरुले शुक्रबार व्यापक प्रदर्शन गरेका हुन् ।

उनीहरुले राष्ट्रपति मदुरोलाई तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गरेको समाचारमा जनाइएको छ ।

युरोपेली सङ्घमा आबद्ध प्रमुख देशहरुले पनि एक हप्ता भित्रमा नयाँ निर्वाचनको वातावरण बनाउन मदुरोलाई गत हप्ता अल्टीमेटम दिएका थिए ।

उनीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने र आफैंले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएइदोलाई समर्थन गर्ने बताएका थिए ।

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष गुएइदोले राष्ट्रपति मदुरोलाई अवैध दावी गर्दै केही दिन अगाडि आफैंले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।

राजनीतिक सङ्घर्ष चुलिदै गएपछि कतिपयलाई देश निकाला गरिएको छ भने कतिपय आफैँ विस्थापित भएका छन् ।

देश निकाला गरिएकाहरुले अमेरिकाको मियामीमा आयोजना गरेको र्‍यालीमा बोल्दै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकाले भनेअनुसार नै गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति मदुरो र सेनाबीच छलफल 

यसैबीच राष्ट्रपति मदुरोले सुरक्षा अधिकारीहरुसँग छलफल गरेका छन् । उनले आन्दोलनलाई नियन्त्रण गर्ने र त्यसका लागि आवश्यक तयारी तथा व्यवस्थापनका बारेमा छलफल गरेका बताइएको छ ।

“गुप्तचर सम्बन्धी कार्यलाई अझ सशक्त बनाउन आवश्यक छ, यसको क्षेत्र विस्तार गर्दै निरोधक बनाउनु पर्ने भएको छ,” मदुरोले भने ।

आफ्ना सुरक्षा अङ्गहरुले आतङ्क मच्चाउनेहरुलाई निस्तेज पार्न र अपराध नियन्त्रण गर्न सक्ने बताए ।

विपक्षी नेता गुएइदोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विभाजित भेनेजुएलाका निकायहरुमध्ये सुरक्षाकर्मीहरुले राष्ट्रपति मदुरोलाई नै समर्थन गरेका छन् । विशेषगरी भेनेजुएलाको शक्तिशाली सेनाले गुएइदोलाई नचिन्ने स्पष्ट पार्दै मदुरोकै साथमा रहेको जनाएको छ ।

अमेरिकासहित युरोपेली सङ्घका देशहरुको समर्थन प्राप्त गरेका ३५ वर्षीय नेता गुएइदोले यसअघि आफूलाई देशकै सुरक्षाकर्मीबाट सुरक्षा चुनौती रहेको बताएका थिए । उनलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको छ ।

विपक्षीहरुले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि अहिले भेनेजुएलामा राजनीतिक सङ्घर्ष चर्किदै गएको छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  २ : २३ बजे

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

प्याकेट ब्रान्डेड, मदिरा नक्कली : ललितपुरबाट पक्राउ परे चार जना

काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड

शर्मालाई स्वागत गर्न सर्वोच्च आइनन् सपना

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चहानाअनुरुप प्रधानन्यायाधीशमा नियुक्त डा.