आलुको एउटा फोटोलाई १२ करोड रुपैयाँ « Khabarhub

आलुको एउटा फोटोलाई १२ करोड रुपैयाँ


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आलुलाई तरकारीको राजा मानिन्छ । जुन तरकारी सँग पनि मिल्ने र सहज उपलब्ध हुने भएकाले कतिपय मानिसलाई पनि आलु भनेर व्यङ्ग्य गर्ने गरिन्छ । तर, तपाईंलाई पत्यारै लाग्न नसक्ने आलुको प्रसङ्ग प्रस्तुत गर्दैछौं – एउटा आलुको फोटो नै १२ करोड रुपैयाँमा विक्री भएको छ ।

एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलुको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । केबिन एबोसले आफूले अर्गानिक आलुको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि पनि गरेका छन् ।

यो फोटो २०१० मा खिचिएको थियो । यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्डवर्ग तथा मलाला यसूफजईमा पनि समावेश छ । यो आलूको प्रिन्टको तीन भर्सन रहेको छ ।

यसको एक भर्सन फोटोग्राफरको निजी संग्रहमा राखिएको छ । अर्को उनले सर्भियाको एक म्यूजियममा दान गरेका छन् र तेस्रो अज्ञात व्यवसायीलाई बिक्री गरेका छन् । कसैले आफ्नै घरबाट कलाकृति खरिद गरेको यो पहिलो पटक नभएको एबोशले बताए ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : २८ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन