आलुको एउटा फोटोलाई १२ करोड रुपैयाँ « Khabarhub

आलुको एउटा फोटोलाई १२ करोड रुपैयाँ


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आलुलाई तरकारीको राजा मानिन्छ । जुन तरकारी सँग पनि मिल्ने र सहज उपलब्ध हुने भएकाले कतिपय मानिसलाई पनि आलु भनेर व्यङ्ग्य गर्ने गरिन्छ । तर, तपाईंलाई पत्यारै लाग्न नसक्ने आलुको प्रसङ्ग प्रस्तुत गर्दैछौं – एउटा आलुको फोटो नै १२ करोड रुपैयाँमा विक्री भएको छ ।

एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलुको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । केबिन एबोसले आफूले अर्गानिक आलुको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि पनि गरेका छन् ।

यो फोटो २०१० मा खिचिएको थियो । यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्डवर्ग तथा मलाला यसूफजईमा पनि समावेश छ । यो आलूको प्रिन्टको तीन भर्सन रहेको छ ।

यसको एक भर्सन फोटोग्राफरको निजी संग्रहमा राखिएको छ । अर्को उनले सर्भियाको एक म्यूजियममा दान गरेका छन् र तेस्रो अज्ञात व्यवसायीलाई बिक्री गरेका छन् । कसैले आफ्नै घरबाट कलाकृति खरिद गरेको यो पहिलो पटक नभएको एबोशले बताए ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : २८ बजे

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै