अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट: नेपाल १० विकेटले विजयी « Khabarhub

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट: नेपाल १० विकेटले विजयी


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ । 

शुक्रबारका लागि फैसलावादमा तय भएको खेल वर्षाका कारण आज इस्लामावादमा सारिएको थियो । उक्त मैदानमा पाकिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले सात ओभर ३ बलमा विनाविकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालको जितमा मनकेसी चौधरीले अविजित ५८ रनको अर्धशतकीय इनिङस खेलिन् । मनकेसी अर्धशतक बनाउने पहिलो नेत्रहीन महिला खेलाडीसमेत बनेकी छिन् । यस्तै विनिता पुनले अविजित ३४ रन जोडिन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दै छ विकेट गुमाएर १०२ रन बनाएको थियो । पाकिस्तानकी फातिमाले २७ रन जोडिन् । नेपालका भगवती भट्टराई र मुना अर्यालले एक÷एक विकेट लिए । खेलमा नेपालकी मनकेसी चौधरी प्लेयर अफ दि म्याच बनिन् ।

जितसँगै नेपालले पाँच खेलको सिरिजमा २–० ले अग्रता बनाएको छ । नेपालले पहिलो खेलमा पनि पाकिस्तानलाई १० विकेटले हराएको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

जारी सिरिजअन्तर्गत इस्लामावादमा आइतबार चौथो र सोमबार पाँचौँ खेल हुने त्यहाँ रहनुभएका पत्रकार गोविन्दराज नेपालले जानकारी दिनुभयो ।

नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको सिरिज खेल्न यही माघ १२ गते त्यसतर्फ गएको हो ।

भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी छन् । यस्तै प्रशिक्षकमा रिजन प्रजु छन् । पाकिस्तान जाने नेपाली टोलीमा भगवती भट्टराई बराल (कप्तान) भगवती अमगाईं, मनकेसी चौधरी, सुष्मा तामाङ, आशिका डगौरा, आशा रेग्मी, गीता पौडेल, विनिता पुन, हीता गुरुङ, मुना अर्याल, रीतादेवी थापा, सरिता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री र भूमा खरेल छन् ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ६ : ४८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर