अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट: नेपाल १० विकेटले विजयी « Khabarhub

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट: नेपाल १० विकेटले विजयी


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ । 

शुक्रबारका लागि फैसलावादमा तय भएको खेल वर्षाका कारण आज इस्लामावादमा सारिएको थियो । उक्त मैदानमा पाकिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले सात ओभर ३ बलमा विनाविकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालको जितमा मनकेसी चौधरीले अविजित ५८ रनको अर्धशतकीय इनिङस खेलिन् । मनकेसी अर्धशतक बनाउने पहिलो नेत्रहीन महिला खेलाडीसमेत बनेकी छिन् । यस्तै विनिता पुनले अविजित ३४ रन जोडिन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दै छ विकेट गुमाएर १०२ रन बनाएको थियो । पाकिस्तानकी फातिमाले २७ रन जोडिन् । नेपालका भगवती भट्टराई र मुना अर्यालले एक÷एक विकेट लिए । खेलमा नेपालकी मनकेसी चौधरी प्लेयर अफ दि म्याच बनिन् ।

जितसँगै नेपालले पाँच खेलको सिरिजमा २–० ले अग्रता बनाएको छ । नेपालले पहिलो खेलमा पनि पाकिस्तानलाई १० विकेटले हराएको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

जारी सिरिजअन्तर्गत इस्लामावादमा आइतबार चौथो र सोमबार पाँचौँ खेल हुने त्यहाँ रहनुभएका पत्रकार गोविन्दराज नेपालले जानकारी दिनुभयो ।

नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको सिरिज खेल्न यही माघ १२ गते त्यसतर्फ गएको हो ।

भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी छन् । यस्तै प्रशिक्षकमा रिजन प्रजु छन् । पाकिस्तान जाने नेपाली टोलीमा भगवती भट्टराई बराल (कप्तान) भगवती अमगाईं, मनकेसी चौधरी, सुष्मा तामाङ, आशिका डगौरा, आशा रेग्मी, गीता पौडेल, विनिता पुन, हीता गुरुङ, मुना अर्याल, रीतादेवी थापा, सरिता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री र भूमा खरेल छन् ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ६ : ४८ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको