सुदूरपश्चिममा बढ्दै क्रिकेटको क्रेज « Khabarhub

सुदूरपश्चिममा बढ्दै क्रिकेटको क्रेज


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– परिवर्तनशील समयसँगै क्रिकेट खेल युवा, वयस्क र केटाकेटी जो कोहीका लागि लोकप्रिय खेल बन्न थालेको छ ।

एक दिवसीय र २०/२० क्रिकेट खेल खेल्ने चलन शुरु भएसँगै क्रिकेट खेलप्रति राखिने यस्तो पुरानो धारणमा परिवर्तन आएको हुनसक्ने पूर्व क्रिकेटर धरम खड्का बताउँछन् । क्रिकेटप्रति बढेको आकर्षणसँगै यस क्षेत्रमा क्लब र विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने क्रम पनि बढ्न थालेका छन् । विद्यालयले पनि आफ्नो अतिरिक्त क्रियाकलापका रुपमा क्रिकेट खेललाई प्राथमिकतामा राख्ने गरेका छन् ।

‘‘यो खेलप्रति बढेको आकर्षणसँगै क्रिकेटका फ्यान र असल खेलाडी जन्मिइरहेका छन्”, धनगढीमा जारी क्यास्पियन एकेडेमी क्रिकेट कप प्रतियोगिताका संयोजक तपराज बिनाडीले भने, “विद्यालयले कलिला विद्यार्थीले क्रिकेटर बन्न रुचि देखाउन थालेका छन् ।”

धनगढीमा हाल जारी विद्यालयस्तरीय ‘क्यास्पियन कप क्रिकेट प्रतियोगिता’मा कैलाली र कञ्चनपुरका झण्डै २२ विद्यालयका टिमले प्रतिस्पर्धा गरिरहेका छन् । ‘क्रिकेटको क्रेज’ले यो खेलसँग हजारौं दर्शक जोडिन पुग्दा धनगढीले क्रिकेट शहरको पहिचान बनाएको खेल प्रेमी जगदीस ओझाले बताए ।

डिपिएल प्रतियोगिताः यही माघ २६ बाट यहाँ शुरु हुनलागेको बहुप्रतिक्षित तेस्रो संस्करणको धनगढी प्रिमियर लिग९डिपिएल० प्रतियोगिताले सबैको ध्यान तानेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्९आइसिसी०ले डिपिएलको तेस्रो संस्करणलाई मान्यता दिएसँगै उक्त प्रतियोगिताले विश्व क्रिकेट जगतको ध्यान पनि आकर्षित गर्न सफल भएको डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभास शाहीले बताए ।

नेपाली क्रिकेट खेलको इतिहासमा पहिलो पटक खेलमै लागेर खेलाडीलाई कमाउने अवसर सिर्जना गर्ने प्रतियोगिता डिपिएल हो । ‘‘तीन वर्षअघिदेखि नै डिपिएलमा अक्शन गरेर छनोटमा पर्ने खेलाडीलाई कमाउने अवसर सिर्जना भएको छ”, एकेडेमीका अध्यक्ष शाहीले भने, “यो खेलको प्रभावस्वरुप अहिले देशका अन्य ठाउँमा हुने प्रतियोगितामा पनि खेलाडी अक्शन हुनथालेका छन् ।”

सुदूरपश्चिम प्रदेश सरकारले युवाको क्रिकेटप्रति बढ्दै गएको रुचिलाई सम्बोधन गर्न फाप्ला क्रिकेट मैदानलाई अत्याधुनिक क्रिकेट मैदानका रुपमा विकास गर्न चालू आवमा रु पाँच करोड विनियोजन पनि गरेको छ ।

आइसिसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनै पनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको मात्र नभइ नेपाली घरेलु प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा थप उचाइ हासिल गरेको आयोजकले जनाएको छ । क्रिकेटको उर्वर भूमि मानिने सुदूरपश्चिम प्रदेशले क्रिकेटका थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ ।

भुवन कार्की, सुनिल धमला, राजु रिजाल, दीपेन्द्रसिं ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, ललितसिं भण्डारी, दिलीप नाथ, भीम सार्की, सन्दीप जोरा, सुवोध ऐर लगायतका क्रिकेटर यो प्रदेशले जन्माइसकेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने सो प्रतियोगिताको तयारी अन्तिमचरणमा पुगेको छ ।

धनगढी उपमहानगरपालिका–३ मोहना नदी किनारको उक्त फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले ‘ड्रिम फाप्ला’ अभियान दुई वर्षअघि नै शुरु गरेको थियो । ‘‘ड्रिम फाप्लामा पुग्ने सिँंढी नै डिपिएल हो”, अध्यक्ष शाहीले भने ।

यस वर्षको डिपिएलमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डन्स गरी छ वटा फ्रेञ्चाइजी टोलीले सहभागिता जनाउँदैछन् । टी–२० फम्र्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइने छ । लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने जनाइएको छ ।

शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । यही माघ २६ देखि फागुन ११ सम्म हुने डिपिएलको खेल तालिका आयोजकले आज सार्वजनिक गरेको छ । खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्स र सोमपाल कामीको धनगढी स्टार्स भिड्ने छन् ।

–सिद्धराज भट्ट 

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ६ : ५५ बजे

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत्

एमाले महाधिवेशन उद्घाटनमा रास्वपाबाट महामन्त्री बुर्लाकोटी जाने !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ११औँ महाधिवेशनको

यु–१९ एसिया कप : नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा आज नेपाल

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

मोरङ– मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ

एमाले महाधिवेशनस्थलमा प्रतिनिधिहरूको चहलपहल (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।