कहालीलाग्दो त्यो एक मिनेट, मौसमविद् नै अन्योलमा | Khabarhub Khabarhub

कहालीलाग्दो त्यो एक मिनेट, मौसमविद् नै अन्योलमा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बाराको फेटा गाउँपालिका १ भलुई भरवलियाका शिवजी राउत जयसवालले आइतबार परिवारसँग रमाउँदै खाना खाए । त्यसपछि उनले परिवारका सदस्यलाई सुत्न पठाए । र आफू पनि सुत्ने तरखरमा लागे । तर छिनमै उनको अगाडि यस्तो विपत आइलाग्यो, जसले एकछिनअघिको खुसीलाई एक मिनेट मै शोकमा बदलिदियो ।

सामान्य वर्षा र हावाले भयानक रुप लिँदा सुत्ने तरखरमा रहेका जयसवाल परिवार घरबिहीन हुन पुग्यो । त्यतिमात्र होइन भूमरीसहितको हुरीले घर भत्काउँदा उनकी भाउजु मनरमा देवी जयसवालको तत्काल निधन भयो । परिवारका अन्य सदस्यको ज्यान जोगिए पनि त्यो क्षण आफ्ना लागि कहालीलाग्दो बनेको उनले बताएको अन्नपूर्ण पोस्टमा खबर छ । फेटा गाउँपालिका ७ पुरैनियाकी अढाई वर्षीया कुसिया खातुन खाना खाँदै गर्दा हुरीले लडाएको भित्तोले च्याप्यो । उनकी आमाले तीन छोरी मनि, साहिल र रेसलाई घरबाट निकाल्न सकेपनि कुसियालाई बचाउन सकिएन । यस्तो घटनामा प्रत्येक घरमा घटेको छ । जुन अवस्था सुन्दा जो कोहीको मन नै सिरिङ हुन्छ ।

मौसमविद् नै अन्योलमा शीर्षकको अर्को समाचारमा यति धेरै क्षति हुने गरी आएको हावाहुरी बारे मौसम विभाग र त्यहाँ कार्यरत मौसमविद् नै अन्योलमा परेका छन् । उनीहरुले प्राविधिक रुपमा यत्रो विपत निम्तने अनुमान नै गर्न नसकेको बताएका छन् ।

छामेर भेटेँ छोरी शीर्षकमा समाचार पत्रिकाले छापेको छ । पर्सा जगरनाथपुरमा हावाहुरी आउनुअघि खुसीसाथ बसेको परिवार एकाएक पीडामा प¥यो । हुरीले घर भत्कायो र त्यही भत्केको घरमा च्याप्पिइन ५ वर्षकी समिना खातुन । उनका दिदीबहिनीभने बुबाआमासँगै घरबाट बाहिर निस्कन सके । बाटोमा पुगेपछि हेर्दा कान्छि छोरी नदेखेपछि बुबा मन्सुरी मिया फेरि फर्किए । अध्यारो रातमा छोरीको आवाज सुनेका उनले छामेर नै छोरीलाई भेट्टाए । घरको छानाले किचेको अवस्थाकी छोरीलाई लिएर उनी बाहिर निस्किए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ७ : १५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग