डा.बाबुरामले हावाहुरी पीडितलाई १५ दिनको तलब दिने | Khabarhub Khabarhub

डा.बाबुरामले हावाहुरी पीडितलाई १५ दिनको तलब दिने


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा-पर्साका हावाहुरी पीडितलाई १५ दिनको तलब सहयोग गर्ने घोषणा गरेका छन। उनले भने-‘मैले व्यक्तिगतरूपमा आफ्नो प्रतिनिधिसभा सदस्य बापतको आधा महिनाको तलब प्रदान गर्नेछु ।’

संयोजक डा. भट्टराईले राहत र पुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियत अनुसार आर्थिक सहयोग गर्न आह्वान गरेका छन । राहत रकम सिधै वा आआफ्नो कमिटीमार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन पनि भट्टराईले आह्वान गरेका छन् । संकलित रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने भट्टराईले बताए ।

उनले विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान पनि गरेका छन् । पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर जारी गर्दै भट्टराईले भनेका छन्, ‘बारा-पर्सामा भीषण आँधिबेहरीले पुर्‍याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दु:खित छ र विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागी पर्न जरूरी छ ।’

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : १९ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून