हावाहुरी प्रभावित क्षेत्रमा औषधि बोकेर पुगे डा गोविन्द केसी « Khabarhub

हावाहुरी प्रभावित क्षेत्रमा औषधि बोकेर पुगे डा गोविन्द केसी


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– चिकित्सा शिक्षा सुधारका अभियान्ता एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् ।

डा केसी औषधि बोकेर सोमबार राति काठमाडौंबाट प्रभावित क्षेत्रमा आएका हुन् । डा केसीले बाराको फेटामा स्वास्थ्य शिविर चलाउने उनका सहयोगीहरुले खबरहबलाई बताए ।

आइतबार साँझ आएको हावाहुरीका कारण बारामा मात्रै ६ सय ६३ जना घाइते भएका थिए । यस्तै २ सय ८४ जना विभिन्न अस्पतालमा उपचारत छन् । हाडजोर्नी विशेषज्ञ डा केसीले घटनामा चोटपटक लागेका तथा अन्य स्वास्थ्य समस्या देखिएका स्थानीयलाई स्वास्थ्य सेवा दिनेछन् ।

घटना परी बारा र पर्साका १ हजार ४४ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ३ सय ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ११ : २८ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको