हावाहुरी प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गरिने | Khabarhub Khabarhub

हावाहुरी प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गरिने


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–   नेपाल प्रहरी श्रीमती सङ्घले बारा तथा पर्साका हावाहुरी प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गर्ने भएको छ । सङ्घले आइतबार साँझ हावाहुरीले क्षति पुर्‍याएको बारा र पर्साका विभिन्न बस्तीमा त्रिपाल, खाद्यान्न र सरसफाइका सामग्री वितरण गर्न लागेको हो ।

सङ्घका अध्यक्ष प्रमिला खनालले हावाहुरी प्रभावितलाई तत्काल राहतस्वरुप सङ्घले उक्त सामग्री वितरण गर्न लागेको जानकारी दिइन् । “खाद्यान्नलगायत सामग्री आजै बारा र पर्सा लगेर वितरण गछौँँ,” उनले भनिन् । विसं २०४१ मा स्थापना भएको सङ्घले स्थापनाकालदेखि सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको छ । हावाहुरी प्रभावितको उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट १९ विशेषज्ञ चिकित्सकसहितको टोली उपचारमा खटिएको छ ।

यसैबीच सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हावाहुरीबाट प्रभावित बारा र पर्साका विभिन्न बस्तीको अवलोकन गरेका छन् । अवलोकनको क्रममा महानिरीक्षक खनालले खोज, उद्दार र राहतमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिए ।  हावाहुरीबाट बारामा २६ र पर्सामा एकजनाको ज्यान गएको थियो भने ६०० भन्दा बढी घाइते भएका थिए । मृत्यु हुनेमा २३ नेपाली र चार भारतीय रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १२ : ५८ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार