मार्भलको सुपरहिरोमा प्रियंका ? निर्देशकसँग हुँदैछ कुरा « Khabarhub

मार्भलको सुपरहिरोमा प्रियंका ? निर्देशकसँग हुँदैछ कुरा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – मार्भल फिल्म एभेन्जर इन्ड गेमलाई लिएर दर्शकमा निकै चासो छ । यतिबेला अर्को चासो बनेको छ प्रियंका चोपडा सुपरहिरो हुने विषय । भारतीय मिडियाका अनुसार प्रियंका चोपडाले मार्भल सिरिजको एक फिल्ममा सुपरहिरोको भूमिका निभाउने सम्भावना छ ।

यो फिल्मका लागि भारतका म्युजिक निर्देशक ए आर रहमानले हिन्दी भर्सनका लागि गीत तयार गर्दै गरेको पनि बताइएको छ । फिल्मका निर्देशक जो रुसोले भारत आएका बेला रहमानलाई भेट गरेका थिए ।

योसँगै खबर आएको छ कि, निर्देशक रुसोले बलिउड अभिनेत्री प्रियंका चोपडालाई पनि एक कन्ट्रयाक साइन गर्दैछन् । रुसोले प्रियंका चोपडासँग कुरा गरिरहेको भारतीय मिडियाले लेखेका छन् ।

प्रियंकाले फिल्ममा काम गर्ने सम्भावना बढी भएको बताइएको छ । रुसोले एक कार्यक्रममा प्रियंकासँग काम गर्ने रहर भएको पनि खुलासा गरेका थिए । मार्भलको कुनै एउटा सुपरहिरो फिल्ममा प्रियंकाले अभिनय गर्न सक्ने बताइएको छ ।

यदि यस्तो भयो भने यो भारतीय दर्शकका लागि पनि खुशीको कुरा हुनेछ । नेपालमा भएका प्रियंकाका फ्यानका लागि पनि खुशीको विषय हुनेछ ।

हालै मार्भलले आफ्नो कमिक बूकको सुपरहिरो कमाला खानको स्किृनमा ल्याउने बताएको थियो । त्यतिबेला मार्भलका फ्यानले प्रियंका चोपडालाई सिफारिस गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  २ : १८ बजे

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट

दसैँका लागि दुई दिनमा उपत्यकाबाट बाहिरिए १ लाख ९ हजार यात्रु

काठमाडौं– दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ