मार्भलको सुपरहिरोमा प्रियंका ? निर्देशकसँग हुँदैछ कुरा | Khabarhub Khabarhub

मार्भलको सुपरहिरोमा प्रियंका ? निर्देशकसँग हुँदैछ कुरा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – मार्भल फिल्म एभेन्जर इन्ड गेमलाई लिएर दर्शकमा निकै चासो छ । यतिबेला अर्को चासो बनेको छ प्रियंका चोपडा सुपरहिरो हुने विषय । भारतीय मिडियाका अनुसार प्रियंका चोपडाले मार्भल सिरिजको एक फिल्ममा सुपरहिरोको भूमिका निभाउने सम्भावना छ ।

यो फिल्मका लागि भारतका म्युजिक निर्देशक ए आर रहमानले हिन्दी भर्सनका लागि गीत तयार गर्दै गरेको पनि बताइएको छ । फिल्मका निर्देशक जो रुसोले भारत आएका बेला रहमानलाई भेट गरेका थिए ।

योसँगै खबर आएको छ कि, निर्देशक रुसोले बलिउड अभिनेत्री प्रियंका चोपडालाई पनि एक कन्ट्रयाक साइन गर्दैछन् । रुसोले प्रियंका चोपडासँग कुरा गरिरहेको भारतीय मिडियाले लेखेका छन् ।

प्रियंकाले फिल्ममा काम गर्ने सम्भावना बढी भएको बताइएको छ । रुसोले एक कार्यक्रममा प्रियंकासँग काम गर्ने रहर भएको पनि खुलासा गरेका थिए । मार्भलको कुनै एउटा सुपरहिरो फिल्ममा प्रियंकाले अभिनय गर्न सक्ने बताइएको छ ।

यदि यस्तो भयो भने यो भारतीय दर्शकका लागि पनि खुशीको कुरा हुनेछ । नेपालमा भएका प्रियंकाका फ्यानका लागि पनि खुशीको विषय हुनेछ ।

हालै मार्भलले आफ्नो कमिक बूकको सुपरहिरो कमाला खानको स्किृनमा ल्याउने बताएको थियो । त्यतिबेला मार्भलका फ्यानले प्रियंका चोपडालाई सिफारिस गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  २ : १८ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो