१ हजारमा किनेको औंठी बेच्दा १० करोड ७५ लाख आएपछि... | Khabarhub Khabarhub

१ हजारमा किनेको औंठी बेच्दा १० करोड ७५ लाख आएपछि…


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कहिले काहिँ मानिसलाई नसोचेको फाइदा पुग्छ । समान्य देखिएका चिजबस्तु पनि कहिलेकाहिँ निकै महत्वपूर्ण बन्न जान्छ ।

यस्तै भएको छ, बेलायतको लण्डनमा बसोबास गर्ने डेब्रा गोडार्डलाई । उनी अस्वभाविक रुपमा करोडपति भएकी छिन् ।

द सनमा प्रकाशित समाचार अनुसार  गोडार्डसँग विगत ३० वर्षदेखि एउटा सुनको औंठी थियो । जसमा एउटा चम्किलो पत्थर जडान गरिएको थियो । उक्त औंठी गोडार्डकी आमाले सेलमा १० पाउन्ड(१ हजार ४ सय ५३ रुपैयाँ) मा किनेकी थिइन् ।

डेब्रा गोडार्ड

अहिले तिनै आमा बिरामी भएपछि गोडार्ड उक्त औंठी बेच्ने मनसायले गहना पसल पुगिन् । गहना पसलेले उक्त औंठीमा भएको पत्थर सामान्य काँच नभएर बहुमूल्य हीरा भएको बताउँदै त्यसलाई लिलामीमार्फत बिक्री गर्न सुझाव दिए ।

गहना पसलेको सुझावअनुसार गोडार्ड सामान लिलाम गर्ने केन्द्रमा पुगिन्, जहाँ उनको औंठीमा जडान गरिएको हीराले ७ लाख ४० हजार पाउन्ड( करिब १० करोड ७५ लाख नेपाली रुपैयाँ) प्राप्त गर्यो । यति धेरै पैसा आएपछि अहिले यी आमा–छोरी अभावग्रस्त जीवनबाट मुक्त भएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  २ : ०५ बजे

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा