भिनाजुसँगको प्रेम जोगाउन श्रीमानको हत्या ! « Khabarhub

भिनाजुसँगको प्रेम जोगाउन श्रीमानको हत्या !


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बुटवल– गत बुधवार साँझ रुपन्देहीको मैनाबगरमा गोली हानी मारिएका भारतीय नागरिक फिरोज अन्सारी (खान)को हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको खुलेको छ ।

४५ वर्षीय फिरोजको उनकै श्रीमती साहिन खातुनको संलग्नता रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फिरोजकी श्रीमती साहिन भिनाजु (भारत बेतिया घर भएका ४२ वर्षी साधिर हुसेन)सँगको प्रेम सम्बन्धमा थिइन् ।

प्रहरीका अनुसार विगत २० वर्षदेखि बुटवलमा श्रीमनसँगै बस्दै आएकी साहिन त्यहि क्रममा भिनाजु साधिरसँगको प्रेममा परिन् ।

गत बुधवार दिउँसै बुटवल आएका साहिरले साली साहिनसँग मिलेर हत्याको योजना बनाएका थिए ।

साँझ कामबाट फर्केर घर आएका फिरोजलाई ढोकामा पुग्नेवित्तिकै गोली प्रहार गरी साहिर फरार भएका थिए ।

प्रहरीका अनुसार साहिर गोली प्रहारपछि भारततर्फ फरार भएका थिए ।

प्रहरीले साहिनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा फिरोजको हत्या प्रकरण खुलेको हो ।

फिरोजलाई गोली हानेर भारतर्फ भागेका साहिरको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न भारतीय प्रहरीसँग समन्वय गरिने रुपन्देही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  २ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया