जुत्ता चप्पल मेलामा १ करोडको कारोबार « Khabarhub

जुत्ता चप्पल मेलामा १ करोडको कारोबार


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित बृहत् जुत्ता चप्पल मेलामा १ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।

गत फागुन २८ देखि सञ्चालन भएको सो मेलाको ९० हजार व्यक्तिले अवलोकन गरेको मेलाका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा महिला, पुरुष तथा बालबालिकाका लागि विभिन्न किसिमका छालाजन्य जुत्ताचप्पल बिक्री वितरण भइरहेको छ ।

मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था छ । मेलामा विभिन्न उद्योगद्वारा उत्पादित जुत्ताचप्पल बिक्री वितरणका लागि राखिएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका– २ पलपसा हलमा सञ्चालित मेला यही चैत २३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ३ : २५ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण