म्यानमारमा सडक दुर्घटनामा बीसको मृत्यु « Khabarhub

म्यानमारमा सडक दुर्घटनामा बीसको मृत्यु


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

याङ्गुन– म्यानमारको मन्दालाए राजमार्गमा गत महिना भएका सडक दुर्घटनाहरुमा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै एकसय १३ जना घाइते भएका प्रहरी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

म्यानमारको सबभन्दा व्यस्त राजमार्गमा मार्च महिनामा मात्र ५१ ओटा सडक दुर्घटना भएको बताइएको छ । राजमार्गमा हुने सडक दुर्घटनाहरु प्रायः मानवीय गल्तीका कारण हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

क्षमताभन्दा बढी यात्रु चढाउने, चालकले जथाभावी र उँघेर सवारी साधन हाँक्नेजस्ता कारणहरुले गर्दा दुर्घटना हुने बताइएको छ ।

याङ्गुनको मन्दालाए राजमार्गमा सन् २०१८ भरमा चारसय ७३ ओटा दुर्घटना भएको र एकसय ३ जनाको मृत्यु हुनुका साथै आठसय ७७ जना घाइते भएको जनाइएको छ । देशको व्यापारिक शहर याङ्गुन र दोस्रो ठूलो शहर मन्दालाए हो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ४ : २६ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व