लागुऔषधसहित दुई जना पक्राउ « Khabarhub

लागुऔषधसहित दुई जना पक्राउ


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख ६६७ नं को बस जाँचका क्रममा चितवन, पदमपुरका ३६ वर्षीय राजेन्द्र अधिकारीलाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार झोलामा लागुऔषध लुकाएर ल्याएको अवस्थामा अधिकारीलाई पक्राउ गरिएको हो । पक्राउ परेका अधिकारीसँग प्रहरीले डाइजेपाम, नुर्फिन र फेनार्गन ८९ एम्पुल तथा नाइट्राभेट ९ ट्याब्लेट बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएकोछ ।

यसैगरी महानगरीय प्रहरी बिट लगनखेलले लागुऔषधसहित ललितपुरको गोदावरीका ३२ वर्षीय सुजन सिलवाललाई सोमबार पक्राउ गरेको छ । डाइजेपाम, नुर्फिन र फेनार्गन १२ एम्पुल, सिरिन्ज चार थान, नाइट्राभेट ट्याब्लेट चार थान र नगद रु २१ हजारसहित सिलवाल पक्राउ परेका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ४ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार