लागुऔषधसहित दुई जना पक्राउ « Khabarhub

लागुऔषधसहित दुई जना पक्राउ


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख ६६७ नं को बस जाँचका क्रममा चितवन, पदमपुरका ३६ वर्षीय राजेन्द्र अधिकारीलाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार झोलामा लागुऔषध लुकाएर ल्याएको अवस्थामा अधिकारीलाई पक्राउ गरिएको हो । पक्राउ परेका अधिकारीसँग प्रहरीले डाइजेपाम, नुर्फिन र फेनार्गन ८९ एम्पुल तथा नाइट्राभेट ९ ट्याब्लेट बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएकोछ ।

यसैगरी महानगरीय प्रहरी बिट लगनखेलले लागुऔषधसहित ललितपुरको गोदावरीका ३२ वर्षीय सुजन सिलवाललाई सोमबार पक्राउ गरेको छ । डाइजेपाम, नुर्फिन र फेनार्गन १२ एम्पुल, सिरिन्ज चार थान, नाइट्राभेट ट्याब्लेट चार थान र नगद रु २१ हजारसहित सिलवाल पक्राउ परेका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ४ : ३० बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा