खाद्य अनुसन्धान अधिकृतविरुद्ध ३५ हजारको भ्रष्टाचार मुद्दा « Khabarhub

खाद्य अनुसन्धान अधिकृतविरुद्ध ३५ हजारको भ्रष्टाचार मुद्दा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख (खाद्य अनुसन्धान अधिकृत) विनोद कुमार श्रीवास्तवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

भन्सारबाट आयात हुने चामललगायत अन्य सामाग्रीको चेकजाँच दस्तुर बझाए पनि प्रज्ञापन–पत्र बनाइदिने बहानामा श्रीवास्तवले सेवाग्रीसँग ३५ हजार रुपैयाँ घुस लिएका थिए ।

घुस लिएको रकमसहित पक्राउ परेका श्रीवास्तमाथि अनुसन्धान पछि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव मदन कोइरालाले जानकारी दिए ।

श्रीवास्तवविरुद्ध ३५ हजार रुपैयाँ बिगो तथा जरिवाना र भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद सजाय माग गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ५ : ०६ बजे

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले