नेपाली सेना र प्रहरी अन्तर्राष्ट्रिय जगतमै उदाहरणीय : मन्त्री पोखरेल « Khabarhub

नेपाली सेना र प्रहरी अन्तर्राष्ट्रिय जगतमै उदाहरणीय : मन्त्री पोखरेल


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेना र प्रहरी विश्वमै उदाहरणीय रहेको बताएका छन् ।

अमेरिकामा भएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षा सम्वन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिइ स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा मन्त्री ईश्वर पोखरेलले नेपाली सेना र प्रहरीको योगदान विश्व जगतमै उल्लेखनीय रहेको बताएका हुन् ।

मन्त्री पोखरेलले १५ चैतमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको मन्त्रीस्तरिय बैठकलाई सम्वोधन गरेका थिए । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कार्यरत नेपाली सेना र प्रहरीले पुर्‍याइरहेको योगदानलाई अन्तर्राष्ट्रिय जगत समक्ष उजागर गर्न मद्धत पुगेको मन्त्री पोखरेलले जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले राष्ट्र संघको अनुरोधमा १० हजारसम्म शान्ति सेना परिचालन गर्न नेपाल तयार रहेको बताउँदै राष्ट्रसंघको अनुरोधमा नेपालले विभिन्न मिसनमा रहेर काम गरिरहेको जानकारी गराएको बताए ।

भ्रमणका क्रममा नेपाली सेनाको भूमिकाका बारेमा थप परिचित गर्न मद्धत पुगेको उनले बताए । त्यस्तै उनले शान्ति मिसनमा नेपाली सेनाको भूमिकाबारे प्रसंसा भएपनि नेपाली सेनालाई नेतृत्वदायी भूमिका नदिइएको बारेमा पनि छलफल गरिएको उनले बताए ।

अमेरिका बसाइका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस लगाएतसंग भेटवार्ता भएको पोखरेलले बताए । मन्त्री पोखरेल मंगलबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ६ : ०० बजे

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ