काठमाडौं- कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार लोकतान्त्रिक समूहका पोखरेलले अग्रता लएका हुन् । यस अघिसम्म प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिइरहेका थिए ।
पछिल्लो मत परिणाम अनुसार पोखरेलले ९८३ मत प्राप्त गरेका छन् भने श्रेष्ठले पछ्याइरहेका छन् । श्रेष्ठको पक्षमा ९ सय २४ मत प्राप्त भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।
कसले कति मत पाए ?
सोमबार साँझ ५ बजेदेखि मतगणना शुरु भएको हो । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।
बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।
प्रतिक्रिया