आगामी बजेटमा उद्योग व्यवसाय क्षेत्र विशेष प्राथमिकतामा : मन्त्री खतिवडा « Khabarhub

आगामी बजेटमा उद्योग व्यवसाय क्षेत्र विशेष प्राथमिकतामा : मन्त्री खतिवडा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– अर्थमन्त्री डा.युवराज खतिवडाले आउँदो आर्थिक बर्ष २०७६/७७ को बजेटमा उद्योग  व्यवसाय क्षेत्र विशेष प्राथमिकतामा रहने बताएका छन् । उनले बजेटमा उद्योग व्यवसाय र व्यवसायीहरुको हितका लागि विभिन्न प्राबधानहरु समेटिने बताएका हुन् ।

अर्थ मन्त्रालय राजस्व समितीद्वारा भैरहवामा आयोजित प्रदेश पाँचका उद्योगी व्यवसायीसँग छलफल गर्दै अर्थमन्त्री खतिवडाले आगामी बजेट उद्योग, व्यवसाय र लगानीमैत्री हुने दाबी गरे ।

उद्योग व्यवसाय क्षेत्रको विकासविना आर्थिक समृद्धि सम्भव नहुने प्रष्ट पार्दै अर्थमन्त्री खतिवडाले कार्यक्रममा सहभागी उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय ऐनमा समेत आमूल परिवर्तन गरिने आश्वासन दिए ।

आउँदो आर्थिक वर्षका लागी बजेट सम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले भन्सार र आन्तरिक राजस्वमा करको दरहरु घटाउदै लैजानु प्रत्युत्पादक हुने भन्दै करको दर घट्न नहुने तर्क गरे ।  उनले भ्याटमा बहुदर पनि आवश्यक नहुने टिप्पणी गरे ।

मन्त्री खतिवडाले  बुद्ध जन्मस्थल, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यसै प्रदेशमा रहकोले सम्वृद्धिको संवाहक पनि प्रदेश ५ रहेको उल्लेख गरे ।

पूर्व बजेट छलफल कार्यक्रममा प्रदेश ५ का उद्योग बाणिज्य संघका प्रतिनिधि तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ७ : १३ बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप