राहत वितरणमा जुटे ‘प्रचण्ड’, पार्टीकातर्फबाट पाँच लाख दिने प्रतिवद्धता « Khabarhub

राहत वितरणमा जुटे ‘प्रचण्ड’, पार्टीकातर्फबाट पाँच लाख दिने प्रतिवद्धता


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हावाहुरीबाट प्रभावित बनेका बाराको फेटा गाउँपालिका पुरैनियाका १२९ पीडित परिवारलाई राहत वितरण गरेका छन् ।

हावाहुरीबाट प्रभावित सो क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बारा पुगेका प्रचण्डले वाइसीएलका तर्फबाट उपलब्ध दाल, चामल, च्युरा लगायतका खाद्य सामग्री हावाहुरी पीडितहरुलाई वितरण गरेका हुन् ।

अध्यक्ष दाहालले प्रदेश सरकारले पीडितलाई दिएको तीन लाख राहतमा नेकपा पार्टीका तर्फबाट थप पाँच लाख थप्ने जानकारी गराए । उनले सङ्कटको यस घडीमा सबै नेपाली एक भई सहयोगका लागि अगाडि बढ्न आग्रह गरे ।

अध्यक्ष दाहालले हावाहुरीबाट भत्किएका घरहरु सरकारका तर्फबाट निर्माण गरिने बताउँदै यसअघि हावाहुरीबाट घाइते भई वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररत घाइतेको अवस्थाबारे समेत जानकारी लिएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ७ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया