रोल्पा- चट्याङमा परी रोल्पाका एक युवाको ज्यान गएको छ । सोमबार राति परेको चट्याङ लागेर माडी गाउँपालिका–५ भाबाङ सरुवाका २७ वर्षीय ज्योती परियारको मृत्यु भएको हो ।
खाना खादै गरेका परियार चट्याङमा परेका थिए । हावाहुरीसँगै आएको चट्याङमा परी परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
घटनामा एक जनाको मृत्यु भए पनि अन्य क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिए ।
प्रतिक्रिया