पर्सा- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावा हुरीबाट घाइते बनेकाहरुको अवस्थाबारे जानकारी लिएका छन् ।
बारा र पर्सामा गएको विनाशकारी हावाहुरीमा परी घाइते भएकाहरुको अवस्थाबारे जानकारी लिन सभापति देउवा वीरगञ्जको नारायणी अस्पताल पुगेका हुन् ।
घाइते तथा हावहरीबाट पीडित बनेकाहरुको अवस्था बझ्न पर्सा पुगेका देउवाले संकटको यस घडीमा एकजुट भएर सहयोग गर्न आग्रह गरे ।
उनले आँधीबाट प्रभावितको समस्या सम्बोधन नभएमा काङ्ग्रेसले संसद्लगायतका स्थानबाट आवाज उठाउने बताए । मंगलबार नै सभापति देउवाले हावाहुरीबाट प्रभावित बाराको फेटा गाउपालिकाको भलुही, भरवलीयालगायतका क्षति भएका गाउँको स्थलगत निरीक्षण गरेका थिए ।
प्रतिक्रिया