अंशमा शौचालय – गर्मीमा आगलागीको डर, वर्षामा चुहिएर हैरान « Khabarhub

अंशमा शौचालय – गर्मीमा आगलागीको डर, वर्षामा चुहिएर हैरान


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक धुर जग्गा। त्यसमा ठडिएको छ सानो छाप्रो। गर्मीमा आगलागीको डर। वर्षामा चुहिएर हैरान। छानो टालटुल पारेर जीवन चलाएका छन्, धनुषा लक्ष्मीनिया गाउँपालिका–२ की पानोदास तत्माका ३ छोराका परिवारले।

एक धुरको त्यो टहरामा ३ वटा ढोका छन्। ढोकाजत्तिकै छ भित्र ठाउँ। एउटा ढोकाअगाडि शौचालय पुरिएको देखिन्छ। झुपडीमा ३ वटा ढोका लगाएर कोठा छुट्ट्याए पनि त्यसभित्र बस्न भने मुस्किल छ। तर, त्यसैमा खाना पकाइन्छ।

खुट्टा तन्काएर सुत्न ठाउँ छैन कोठाभित्र। पानोले जीवनभर सानो छाप्रोमा सन्तान हुर्काए। छोरा ठूला भएपछि छुट्टिए। घर बाँडफाँट भएपछि एउटाको भागमा शौचालय पर्‍यो। उनको परिवार त्यही शौचालय पुरेर कोठा बनाएर बसिरहेको छ। शौचालय पुरिएपछि उनीहरू खुला चौरमा दिसापिसाब गर्छन्।

पानोदासका जेठा छोरा श्रीचन्द्रका २ छोरी, एक छोरा र पत्नी छन्। माहिलो चन्देश्वरकी पत्नी र एक छोरी गरी ३ जना र कान्छो विन्देश्वरका पत्नी र एक छोरी गरी ३ जना छन्। पानोदासका ३ छोरा, ३ बुहारी र ५ नातिनातिना गरी १२ जना त्यही सानो झुपडीमा कष्टपूर्ण गुजारा गर्दै आएकको अन्नपूर्ण पोस्टमा खबर छ ।

बर्खे बालीलाई छैन मल शीर्षकको समाचारमा सरकारले खरिद प्रक्रिया सुरु नगर्दा यस वर्ष पनि किसानले समयमै रासायनिक मल नपाउने भएका छन्। आगामी जेठ अन्तिम सातासम्म धान बालीका लागि कम्तीमा डेढ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ। तर मल भित्र्याउन सरकारले पहल गरेको छैन।

धान र मकैलाई कम्तीमा ए चाहिने अनुमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ। पहाडी भेगमा जेठ अन्तिम साता र तराईमा असार पहिलो साता धान रोपाइँ सुरु हुन्छ। अर्थ मन्त्रालयको सर्तका कारण समयमा मल ल्याउन नसकिएको दाबी कृषि मन्त्रालयको छ। ‘अर्थले सर्त नराखेको भए बर्खे बालीलाई मल अभाव हुँदैनथ्यो,’ कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका उपसचिव नेत्र भण्डारीले भने, ‘आगामी असारमा कम्तीमा ५० हजार मेट्रिक टन मलको अभाव हुनेछ।’

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ७ : २० बजे

परराष्ट्र भन्छ : मध्यपूर्वका लाखौँ नेपालीको सुरक्षा उच्च प्राथमिकतामा छ

काठमाडौं- परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको

बहराइनको मानामास्थित चर्चित होटलमा इरानी आक्रमण, ठूलो भौतिक क्षति

मानामा- बहराइनको गृहमन्त्रालयले राजधानी मानामास्थित क्राउन प्लाजा होटल इरानी आक्रमणको

ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मत माग्न झापा

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

काठमाडौं- इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन (एएफसी)

‘प्रधानमन्त्रीको दौडमा रहेकाबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर