काँक्रो एक फाइदा अनेक « Khabarhub

काँक्रो एक फाइदा अनेक


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काँक्रोलाई प्रायः सलादको रुपमा प्रयोग गर्ने गरिन्छ । नियमित काँक्रो सेवन गर्नु मानव स्वास्थ्यका लागि एकदमै फाइदा जनक छ । काँक्रोले गर्मीको समयमा शीतलता प्रदान गर्नुका साथै छालामा सौदर्यता प्रदान गर्न मद्धत गर्छ ।

एक अध्ययन अनुसार, कम फ्याट र क्यालोरीले भरिपूर्ण काँक्रोले धेरै रोग लाग्नबाट बचाउँछ । काँक्रोमा भिटामिन ए, बी १, बी ६, सी, डी, पोटासियम, फस्फोरस, आइरन अत्यधिक मात्रामा पाइन्छ । आयुर्वेदमा रक्त लगायतका रोग निको बनाउनुका साथै रक्त विकार तथा पिशावलाई सफा बनाउन यसको प्रयोग गरिन्छ । काँक्रोको प्रयोगले पेट र गिजाको दुखाइ कम हुन्छ ।

यदि मुखमा घाउ आएमा काँक्रोको टुक्रा राखेमा जीवाणु विस्तारै मरेर जान्छ र घाउ निको हुन्छ । यसमा कोलेस्ट्रोल नभएकाले यसले हृदयघातको रोगीलाई स्वस्थ र लाभकारी बनाइराख्छ । काँक्रोमा स्टेरराला नामक यौगिक रहेको हुन्छ । यसले कोलेस्ट्रोल कम गर्न समेत मद्दत गर्छ ।

५ फाइदा पढ्नुहोस

१ काँक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ ।
२ क्यान्सरको खतरा कम हुन्छ । काँक्रोमा पाइने विभिन्न तत्वहरुले क्यान्सरलाई रोक्न मद्दत गर्दछ । स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्दछ ।
३ मुख गनाउँने समस्या हुँदैन् । काँक्रोको एक टुक्रा जिब्रोले मुखको माथिल्लो भागमा आधा मिनेट राख्ने गर्नुपर्छ । यसले काँक्रोबाट निस्किने फाइटोकेमिकलले मुख गनाउँने समस्यालाई समाप्त पार्छ ।
४ फेसप्याक लगाएपछि आँखा पोल्नबाट बच्नका लागि काँक्रोलाई काटेर आँखामाथि राख्ने गरिन्छ । यसले आँखालाई चिसो प्रदान गर्छ । कुनैपनि बेला आँखा पोले भने काँक्रोको प्रयोग गर्न सकिन्छ ।
५ सिलिशीया नामक तत्व काँक्रोमा प्रचुर मात्रामा पाइन्छ । यसले जोर्नीको समस्याबाट छुट्कारा पाउनुका साथै तन्तुहरुलाई पनि बलियो बनाउँछ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ८ : ५२ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको