साराङघाटमा पहिलो पटक बल्यो बिजुली « Khabarhub

साराङघाटमा पहिलो पटक बल्यो बिजुली


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको साराङघाटमा पहिलोपटक बिजुली बलेको छ । विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको हो । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो ।

५० केभीए ट्रान्सफर्मरमार्फत् प्रत्येक घरधुरीमा मिटर जडान गरेर विद्युत् सेवा शुरु गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । केन्द्रले एक महिना अघि मात्रै सोही वडाको ग्याजाटारमा समेत ९६ घरधुरीमा विद्युत् सेवा पुर्‍याएको थियो ।

गोशलीले तनहुँका १५ प्रतिशत घरधुरीमा अझै विद्युत् सेवा नपुगेको हुँदा अबको दुई वर्षभित्रमा ती सबै घरधुरीमा विद्युत् सेवा पुर्‍याउने बताए । आर्थिक अभावले मिटर जडान गर्न नसक्ने घरधुरीलाई अनुदानमा पनि मिटर जडान गर्न सकिने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए ।

पहिलो पटक बिजुली पुगेपछि गाउँ पुग्नुभएका गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, केन्द्र प्रमुख गोशली, सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेल, प्रहरी उपरीक्षक विनोद सिलवाललाई स्थानीयवासीले फूलमालाले स्वागत गर्दै खुशी साटेका थिए ।

मन्त्री चुमानले अब तनहुँका कुनै पनि घर विद्युत्विहीन नहुने बताउँदै विद्युत् नपुगेका सबै घरधुरीमा बिजुली पुर्‍याउन प्रदेश सरकार लागिपरेको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ८ : ५९ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी