सरकारको दम्भले सीमा नाघ्यो, अब कांग्रेस चुप बस्दैन – शेखर कोइराला « Khabarhub

सरकारको दम्भले सीमा नाघ्यो, अब कांग्रेस चुप बस्दैन – शेखर कोइराला


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काभ्रे- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको दम्भ तोड्न कांग्रेस लागि पर्ने बताएका छन् । काभ्रेको भुम्लु गाउँपालिका पुगेका नेता कोइरालाले सत्तारुढ दलको निषेधको राजनीतिले कांग्रेससँग मुठभेडको अवस्था आउन सक्ने बताए ।

कांग्रेस भुम्लु गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने, ‘कम्युनिस्टहरुले केन्द्रदेखि वडा सम्म निषेधको राजनिती गरेर कांग्रेससँग मुठभेड निम्त्याइरहेका छन् । आफुहरु प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न तयार भएपनि सरकार दुईतिहाईको दम्भले अगाडी बढिरहेको छ । सरकारको दम्भले सिमाले नाघेको छ । अब कांग्रेस चुप लागेर बस्दैन ।’

उनले कम्युनिस्टहरुको ज्यादतीविरुद्ध लड्ने समय आएको भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । डा कोइरालाले पार्टीभित्र केही बैचारिक मतभेद रहेपनि कम्युनिस्टकाविरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको बताए ।

पार्टीको १४औं महाधिवेशन समयमै हुनुपर्नेमा नेता कोइरालाले बताए । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्यहरु- प्रदिप पौडेल,बहादुरसिंह तामाङ्, शिब हुमागाँई र काभ्रे कांग्रेसका सभापति मधु आचार्यले कम्युनिष्ट सरकारको दिनगन्ती शुरु भएको बताएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ९ : १० बजे

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका

गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने

काठमाडौं– अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने