भोलि र पर्सि हावाहुरीसहित पानी पर्ने सम्भावना, आइतवारदेखि मौसममा सुधार आउने « Khabarhub

भोलि र पर्सि हावाहुरीसहित पानी पर्ने सम्भावना, आइतवारदेखि मौसममा सुधार आउने


१९ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चक्रवातको प्रभाव नेपालपनि पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवात “फानी”हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित रहेको र बिस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको महाशाखाले जनाएको छ । भोलि (शुक्रबार) बाट यो प्रणाली भारतको ओडीसाको तटीय क्षेत्र मा भित्रिने सम्भावना देखिएको छ । त्यसपश्चात यो प्रणाली फेरी उत्तर( पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने पूर्वानुमान मौसम विभागको छ ।

उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोलि (शुक्रबार) र पर्सि (शनिबार) मौसम केहि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको छ । महाशाखाका अनुसार जसका कारणा पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जनरचट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको छ ।

त्यस्तै हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ । साथै देशको पश्चिमी क्षेत्रमा भोलि शुक्रबार पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  १० : ३८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल