बजेट बनाउन पालिकाले थाले काम, करको विषयमा पनि छलफल « Khabarhub

बजेट बनाउन पालिकाले थाले काम, करको विषयमा पनि छलफल


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ्ग– जिल्लाका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेका छन् । असार १० गतेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी पहिलो चरणको छलफल थालिएको हो ।

जिल्लाका सबै पालिकाले पहिलो चरणमा विषयगत समितिमा छलफल गर्ने, योजना तर्जुमा गोष्ठी सञ्चालन गर्ने, सुझाव सङ्कलन गर्ने र आन्तरिक तयारीको काम थालेका हुन् । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई व्यवस्थित र व्यावहारिक बनाउने गरी सबै तहमा सुझाव सङ्कलनसहित छलफलको काम थालिएको जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले बताइन् ।

विकासे योजना, आन्तरिक स्रोतको व्यवस्थापन, राजश्व र अनुदानलगायतका विषयमा छलफल शुरु भएका छन् । जिल्लाकै बडिगाड गाउँपालिकाले आव २०७६/७७ को वार्षिक नीति, कार्यक्रम बजेट तथा योजना तर्जुमा एवं गाउँपालिकाको राजश्व क्षमता वृद्धिसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सकेर आन्तरिकरूपमा विषयगत समितिभित्र छलफल शुरु गरेको छ ।

गाउँपालिकाले तत्कालै तथा दीर्घकालीनरूपमा प्रतिफल आउने गरी योजना निर्माण र सञ्चालन गर्न सरोकारवालाका बीचमा छलफल थालिएको बडिगाड गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसालले बताए । पछिल्लो समय करको विषयमा निकै चर्चा हुने गरेको भन्दै पालिकाले करको दायरा र दरका विषयमा समेत छलफल थालेका छन् ।

आम सर्वसाधारणमा करको दायरा बढाउँदा करको दर बढेको भ्रम पर्ने गरेकाले खुलेर करको विषयमा पनि छलफल थालिएको भुसालले बताए । चालू आवका योजना सम्झौता र कार्यान्वयनमा सक्रिय देखिएका बागलुङका पालिकाले आवको कार्यक्रमका लागिसमेत छलफल र अन्तरक्रिया थालेका हुन् ।

आगामी जेठ महीनाभरि वडा तथा टोलटोलबाट योजनाको आवश्यकता र प्राथमिकता निर्धारणका लागि छलफल गर्ने गरी कार्यालय तथा विषयगत समितिमा छलफल शुरु भएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमार थापाले बताए ।
“जनचाहनाअनुसारको नीति तथा कार्यक्रमका लागि हामी तयारीमा लागेका छौँ”, थापाले भने “सबैको साझा कार्यक्रमका रूपमा पालिकाको कार्यक्रम हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।”

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ११ : १० बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध